×

न्यु डायमन्डद्वारा साविक विजेता एपिएफ पराजित

images


लिगको अन्तिम खेलमा होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९मा साविक विजेता एपिएफलाई पराजित गरेको छ । दुवै टोली फाईनल प्रवेश गरिसकेको अवस्थामा औपचारिकताका लागि मात्र खेलिएको प्रतियोगितामा न्यु डायमन्डले जित निकालेको हो । यस जित संगै न्यु डायमन्डले लिगका तीन वटै खेल जित्दै ९ अंक बनाउन सफल भयो । पहिलो र दोश्रो सेट २५–२१, २५–१९ ले जितेको डायमन्ड तेश्रो सेटमा २१–२५ ले एपिएफलाई सुम्पेपछि खेल २–१ को अवस्थामा पुग्यो । डायमन्डले चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै ३–१ का साथ जित निकाल्यो । डायमन्डकी सलिना बुढामगर प्लेयर अफ दी म्याच घोषित भईन् । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् ।
शेरबहादुर स्मृती प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा पुलिस र आर्मीविच भएको खेलमा पुलिसले जित निकाल्यो । पुलिसले निकैनै प्रतिस्पर्धात्मक खेलमा आर्मीलाई २४–२६, २६–२४, २६–२४, २५–२० ले पराजित ग¥यो । दुवै टोली फाईनल प्रतिस्पर्धाबाट बाहिरी सकेको अवस्थामा यो खेला औपचारीक मात्र रह्यो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ दी म्याच घोषित हुँदै नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् ।
प्रतियोगिताको चौथो दिन भोली मंगलबार साविक विजेता एपिएफ र होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबविच उपाधीका लागि भिडन्त हुनेछ भने तेश्रो र चौथो स्थानका लागि पुलिस र आर्मीको प्रतिस्पर्धा हुने छ ।

क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा क्षमता अभिबृद्धि तालिम सोमबार सम्पन्न भएको छ ।
माघ १७ गते देखि सुरु भएको तालिममा काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४८ स्थायी सहायक प्रशिक्षकहरुको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रमाण पत्र प्रदान गरे ।
सात दिन सम्म चलेको तालिममा सहभागीहरुलाई प्रशिक्षकहरु हिमाल दाहाल, संजय महर्जन, खेलबिज्ञ रिता प्रजापती, राजेन्द्र तुलाधर र फिजियो लक्ष्मण अधिकारीले विविध बिषयको प्रशिक्षण  प्रदान गरेका थिए ।

मङ्गलबार २४ माघ २०७९ ११:०२ AM मा प्रकाशित

प्रतिक्रिया