काठमाडौं । शारिरीक सम्बन्ध केवल शरिरसंग मात्र सम्बन्धित हुँदैन । यसले व्यक्तिको मानसिक र आध्यात्मिक क्षेत्रमा पनि उत्तिकै प्रभाव पार्छ । पछिल्लो समय समयसगै युवा पुस्तामा विवाह अघि सारिरिक सम्बन्ध राख्ने प्रवृद्वि धेरै वढेको छ । शारिरिक सम्बन्ध आपसी सहमतिको आधारमा कायम गरिने स्वभाविक प्राकृतिक कर्म हो । तर विवाह अघि गरिएको शारिरिक सम्बन्ध रुपमा नकारात्मक असर पुग्छ ।
शारीरिक सुख र खुसीका लागि सेक्स गर्नुलाई अनैतिक मानिएको छ । तर यतिबेलाको समाज पूरै परिवर्तन भइसकेको छ । बद्लिँदो समाजका साथ मानिस मात्र होइन, सम्बन्ध पनि बदलिएका छन् । अझ यौन सम्बन्धका बारेमा व्यवहार र सम्बन्ध प्रतिको सोच पनि परिवर्तन भइरहेको छ ।
अहिले मूल्य–मान्यता, सूचना स्रोत, जीवनशैली सबै कुरामा आफूलाई आधुनिक ठान्ने युवा पुस्तामा देखिन थालेको परिवर्तनका बारेमा हामीले गम्भीर भएर सोच्न आवश्यक छ । एक दशक अघि बिहे गर्दाका महिलामा भन्दा अहिलेका महिलामा बिहे अघि यौन सम्पर्क गर्नेको दर अति उच्च पाइएको छ ।
त्यस्तै पछिल्लो समयमा बिहे अघि केवल एक जनामात्र यौन पार्टनर भएका महिलाहरुको संख्यामा पनि गिरावट आएको छ । अर्थात् बिहे अघि नै धेरैजना पुरुषसँग यौन सम्पर्कको अनुभव बटुल्ने महिलाहरुको संख्या बढिरहेको छ ।
वर्तमान समाजमा युवा पुस्तामा यौन मानिसका प्राथमिक चाहना, उत्सुकता र आवश्यकता भएको् छ ।
पछिल्लो समय यौनजीवनका बारेमा थुप्रै अध्ययन र अनुसन्धान भएका छन् । धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राख्दा विभिन्न रोग लाग्ने कुरा र त्यसबाट बच्ने उपायबारेमा जानकारी दिएको छ ।
१. धेरै जनासँग वा एकै व्यक्तिसँग धेरै यौनसम्पर्क राखेको कुरा योनिच्छद, योनि वा स्तनबाट पत्ता लाग्छ भन्ने कुरो पूर्णतः गलत हो ।
२.सुरक्षित तरिकाबाट शारीरिक सम्पर्क राख्दा कुनै पनि रोग लाग्दैन् । तर, सावधानी नअपनाइए भयानक यौनरोग र निको नहुने एचआईभी, एड्स समेत लाग्न सक्ने बताइएको छ ।
३. भिरिङ्गी- सुरुमा उपचार नभए जटिलता देखिने हुन्छ । उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुहरुमा सर्न सक्छ ।
४ . यदि कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्याइमेडिया लागेको हुनसक्छ । यो रोगबाट संक्रमितसँग असुरक्षित सम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ ।
५. असुरक्षित यौनसम्पर्कले कतिपयलाई लिंगमा फोका र पानीफोका निस्कने र पोल्ने गर्छ।
प्रतिक्रिया