कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही चुनावी अभियानका क्रममा २० दिनदेखि गृह जिल्ला हुम्लामा छन् । १ कार्तिकमा सुर्खेतबाट हुम्ला गएका शाही त्यसयता कार्यालयमा हाजिर भएका छैनन् ।
१० कार्तिकमा एक कार्यक्रमका लागि विमानमार्फत काठमाडौं गएका उनी १२ कार्तिकमा काठमाडौंबाट सिधै हुम्ला पुगेका थिए । १२ देखि २० कार्तिकसम्म शाहीले जिल्लाका २३ भन्दा बढी गाउँ तथा बस्तीमा घरदैलो कार्यक्रम गरिसकेका छन् ।
सत्ता गठबन्धनका तर्फबाट हुम्ला (ख) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार शाहीले १२ कार्तिकमा नाम्खा गाउँपालिका वडा नम्बर १, हेप्कामा पुगेका थिए । त्यहाँ आफ्नो उम्मेदवारीका विषयमा जनतालाई जानकारी गराएर सोही दिन उनी सिमिकोट वडा नम्बर ७, चौगनफया पुगे ।
प्रतिक्रिया