काठमाडौँ । शुक्रबार रिलिज भएको बलिवुड अभिनेता टाइगर श्राफको 'बागी' सिरिजको चौथो फिल्मले बक्स अफिसमा औसत शुरुवात गरेको छ । फिल्म बागी- ४ मा संजय दत्त नकारात्मक भूमिकामा देखिएका छन् । फिल्ममा टाइगर र संजय दत्त दुवैलाई जबरदस्त एक्सन अवतारमा देखाइएको छ ।
ए. हर्ष निर्देशित फिल्म बागी- ४ ले घरेलु बक्स अफिसमा पहिलो दिन १२ करोड कमाएको छ । यस फिल्मको बजेट लगभग २०० करोड रहेको बताइएको छ । बजेट अनुसार, फिल्मको पहिलो दिनको कमाईलाई औसत मान्न सकिन्छ ।
बागी सिरिजको पहिलो फिल्म २०१६ मा रिलिज भएको थियो । जब साजिद नाडियाडवालाले यो फिल्म ल्याए, दर्शकले यसलाई धेरै मन पराएका थिए । यसपछि उनले थप दुई फिल्म ल्याए । दुवै फिल्मले दर्शकको अपेक्षा पूरा गरे । पछिल्ला तीन फिल्मसँग तुलना गर्दा पनि बागी ४ को शुरुवाती कमाई सबैभन्दा कम देखिएको छ ।
टाइगरका पछिल्ला तीन फिल्म बडे मियाँ छोटे मियाँ, गणपत (भाग १) र हिरोपन्ती २ फ्लप भएका थिए । त्यस्तै चौथो फिल्म बागी- ३ हिट भएको थियो । त्यस्तै २०१९ मा रिलिज भएको उनको फिल्म वार ले पहिलो दिन ५३ करोड कमाई गरेको थियो । यसमा ऋतिक रोशन मुख्य भूमिकामा थिए ।
फिल्म बागी- ४ मार्फत पर्दामा बलियो पुनरागमन गरे पनि आगामी दिनमा बक्स अफिसमा कस्तो कमाई गर्छ भन्नेले फिल्मको भविष्य निर्धारण गर्ने छ । फिल्ममा सोनम बाजवा, हरनाज कौर सन्धु, श्रेयस तलपदे, सौरभ सचदेवा, उपेन्द्र लिमये र सुदेश लाहिरीले मुख्य भूमिका निर्वाह गरेका छन् ।
प्रतिक्रिया