×

यी हुन् माओवादी केन्द्रका सातै प्रदेशका प्रदेश इन्चार्ज (नामावलीसहित)

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले विभिन्न प्रदेशको इन्चार्ज तोकेको छ । आज सम्पन्न बैठकले प्रदेश इन्चार्ज तोकेको हो ।

बैठकबाट कोसी प्रदेशको इन्चार्जमा बलदेव खनालले जिम्मेवारी पाएका छन् । यस्तै, मधेस इन्चार्जको जिम्मा लीलामणि पोखरेल र  वाग्मती इन्चार्जको जिम्मा जनार्दन शर्माले पाएका छन् ।

यस्तै, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनी हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल, उपत्यकामा वर्षमान पुन र जनवर्गीय संगठनको इन्चार्जमा पम्फा भुसाल तोकिएका छन् ।

आइतबार​ २१ साउन २०८० ०५:१८ PM मा प्रकाशित

प्रतिक्रिया