×

क्विन्टल सुन तस्करी प्रकरण : सीआईबीद्वारा अनुसन्धानको थालनी 

images

काठमाडौं । क्विन्टल सुन तस्करी प्रकरणको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानको थालनी गरेको छ । 

उसले आज (आइतबार)देखि अनुसन्धानको थालनी गरेको हो । 

उक्त प्रकरणमा संगठित समूह सक्रिय देखिएको भन्दै सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको हो । 

विभागले नियन्त्रणमा लिएका १८ जनाको मोबाइल फोनबाट आफूहरूले प्राविधिक विश्लेषण थालेको सीआईबी स्रोतको भनाइ छ ।

यहीँ साउन महिनाको ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको झन्डै क्विन्टल सुनबारे विभागले थप अनुसन्धानको थालनी गरेको नेपाल प्रहरी प्रवक्ता एवं डीआईजी कुबेर कडायतले बताए ।

आइतबार​ २१ साउन २०८० ०३:५२ PM मा प्रकाशित

प्रतिक्रिया