×

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आजै प्रकाशित हुने 

images


काठमाडौं । आगमी १० बैशाख हुने उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज(बिहीवार) प्रकाशित हुँदैछ । सम्वन्धित जिल्लास्थित निर्वाचन कार्यालयले उम्मेदवारको नामावली प्रकाशित गर्न लागेको हो । 

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यसूची अनुसार उम्मेदवारलाई चुनाव चिह्न  पनि आजै वितरण गर्दैछ । उम्मेदवारी फिर्ता गर्न चाहनेका लागि आज नौ बजेदेखि १ बजेसम्म समय तोकिएको छ । त्यसलगतै कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।  
तनहुँ–१, चिवतन–२ र बारा–२ मा १० बैशाखमा उपनिर्वाचन हुँदैछ । तनहुँ– मा ९, चितवन–२ मा २४ र बारा–२ मा ३६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि चुनावी प्रचार–प्रसारको कार्यक्रम सुरु हुनेछ । निर्वाचन आचार संहिता अनुसार उम्मेदवारले मतदान हुनु ४८ घण्टा अघिसम्म प्रचार–प्रसार गर्न सक्नेछन् ।  

निर्वाचन कार्यासूची अनुसार उम्मेदवारले सोमवार सम्वन्धित निर्वाचन कार्यालयमा उम्मदेवारी दर्ता गराएका थिए  । निर्वाचन आयोगका अनुसार १० बैशाखको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।  
उपनिर्वाचनमा काँग्रेसले तनहुँ–१ मा गोविन्द्र भट्टराई र चितवन–२ जीतनारण श्रेष्ठ उठाएको छ । बारा–२ मा भने काँग्रेसले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गरेको छ । त्यस्तै, एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन –२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । त्यस्तै बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने तनहुँ–१ स्वार्णीम वाग्ले, चितवन–२ रवि लामिछाने र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाएको छ । त्यस्तै, जनमत पार्टीले बारा–२ मा शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएको छ ।   
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ –१ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त खाली भएको थियो । त्यस्तै,

 बारा–२ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा चयन भएपछि उक्त निर्वाचन क्षेत्र खाली भएको थियो । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएका थिए । 
उम्मेदवारी परेको मध्ये तनहुँ–१ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले चर्चामा छन् । त्यस्तै, बारा–२ मा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेलको नाम चर्चा छ । चितवन–२ मा भने काँग्रेसको जीतनारण श्रेष्ठ, एमालेको रामप्रसाद न्यौपाने र रास्वपाको रवि लामिछानको नाम चर्चामा छ ।
 

बिहीबार २३ चैत २०७९ १०:५४ AM मा प्रकाशित

प्रतिक्रिया