×

सत्तारुढ दलहरूले निर्वाचनलाई पर धकेल्ने बहाना गरे

images

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्ने बहाना स्वरूप प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ को कुरा उठाएको आशङ्का गर्नुभएको छ । नुवाकोटको विदुरमा आज प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न तयार छ ।”

 सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै एमाले नेता ज्ञवालीले सरकारमा रहेका दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)लाई अनावश्यक रुपमा गिजोलेर भूराजनीतिक विषय बनाएको आरोप लगाउनुभयो ।

आइतबार​ २२ फागुन २०७८ ०८:५३ PM मा प्रकाशित

प्रतिक्रिया