×

सुपर मादी हाइड्रोपावरको आइपिओ बाँडफाँड

images

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ०९ गतेबाट माघ १२ गतेसम्म जारी गरेको प्राथमिक शेयरको बाँडफाँड आज बिहान ९:३० बजे निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ।

मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १३ लाख ४ हजार २ सय ८ जना आवेदन मध्ये योग्य आवेदक १२ लाख ९८ हजार ६ सय ९३ जनाले आवेदन दिएकोमा ११ लाख २४ हजार ३ सय ९३ जना आवेदकको हात खाली भएको छ।

बाँकी आवेदकमा १ लाख ७४ हजार ३ सय जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्। हाईड्रोपावरको आइपिओमा १ करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि कुल रु १.४५ अर्ब बराबरको आवेदन परेको थियो।

आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ।

हाइड्रोपावरले जारी पूँजीको १० प्रतिशतले हुने रु १०० अंकित मुल्यको २१ लाख कित्ता मध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २ लाख ५ हजार कित्ता समुहिक लगानी कोषलाई बाँडफाँड गरी कर्मचारीहरुलाई ४२ हजार कित्ता छुट्टाएर बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो।

सोमबार २३ माघ २०७९ १२:३५ PM मा प्रकाशित

प्रतिक्रिया