काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग-२ को सिरिजका चारै खेलमा हार बेहोरेको छ । युएईमा बुधबार सम्पन्न सिरिजको अन्तिम खेलमा युएईसँग ४ विकेटले हार बेहोरेपछि नेपालले सिरिजका चारै खेलमा हार बेहोरेको हो ।
यस खेलमा नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेट गुमाउदै पुरा गरेको थियो । यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० मा ९ विकेट गुमाउदै २३९ रन बनाएको थियो ।
नेपालका लागि भीम सार्कीले सर्बाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३७, आसिफ सेखले ३४, आरिफ सेखले ३० रन र सन्दीप लामिछानेले १५ रन बनाएका थिए । त्यसैगरी जुनैद सिद्धिकी, मुहमद जवादुल्लाह र ध्रुव पराशरले २-२ विकेट लिएका थिए भने जहिद अलिले एक विकेट लिएका थिए ।
यो जितपछि युएईको २० खेलमा १० अंक भएको छ र अंक तालिकामा पुछारमै रहेको छ । त्यस्तै नेपालको भने २० खेलमा १२ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।
प्रतिक्रिया