×

गालीगलौजको प्रवृत्तिले कांग्रेस कमजोर भएको गुनासो

images

भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले नेपाली कांग्रेसभित्र आन्तरिक रुपमा एकले अर्कालाई गाली गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको बताए । 

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ प्रदेशसभा ‘क’ को दधिकोटमा आज आयोजना गरिएको प्रथम सम्मेलनको उद्घाटन गर्दै उनले पार्टीभित्र उत्पन्न विभिन्न गुटउपगुटका कारण पार्टी कमजोर भएको बताए । 

उनले भने– ‘एकले अर्कोलाई गाली गर्ने प्रवृत्तिले इमान्दार कार्यकर्ताको भावनामा ठेस पुग्दा पार्टी कमजोर भएकाले यस्ता गतिविधि रोक्नुनुपर्छ ।’

कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, केन्द्रीय सदस्य रमा कोइराला पौडेलले पार्टी विधानसम्मत् रुपमा चल्न सके सबै समस्या समाधान हुने आँैल्याए । 

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले नयाँ पार्टीले चाहेर पनि कांग्रेसको इतिहास मेटाउने नसक्ने बताए । कांग्रेस भक्तपुरका सभापति एवं सांसद दुर्लभ थापाले एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए । 
 

आइतबार​ १९ कात्तिक २०८० ०६:५७ PM मा प्रकाशित

प्रतिक्रिया