×

नेपाल र मलेसियाबीचको तेस्रो टी-२० खेल आज हुदै

images

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको तेस्रो खेल आज खेल्दै छ । आज हुने तेस्रो खेल ७: ४५ बजेदेखि शुरु हुदैछ । 

जारी सिरिजमा नेपाल र मलेसियाले एक एक खेल जितेर सिरिज १-१ को बराबरीको अवस्थामा रहेको छ । नेपाल र मलेसियाबीच आजको खेलपछि चौथो खेल ७ अक्टोबर र पाँचौं खेल ८ अक्टोबरमा हुने तालिका रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली मलेसियामा रहेको छ । जसमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन् ।

आइतबार​ १९ असोज २०८२ ०७:२७ AM मा प्रकाशित

प्रतिक्रिया