×

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको २७औँ पूर्णबैठक सम्पन्न 

images

काठमाडौं । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको २७औँ पूर्णबैठक सम्पन्न भएको छ । केही चार दिन पहिले उक्त समितिको बैठक सम्पन्न भएको हो ।

विश्व सम्पदामा सूचीकृत स्वयम्भू स्मारक क्षेत्रको व्यवस्थापन तथा संरक्षण गर्न बनेको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले असोज १५ मा एक बिशेष समारोहको आयोजना गरि २७औँ पूर्णबैठक सम्पन्न गरेको छ । 

बैठकमा महासमितिका महासचिव अशोककाजी बुद्धाचार्यले महासमितिको २०७९÷८० को कार्यप्रतिबेदन प्रस्तुत गर्दै स्वयम्भूको संरक्षणमा उनेस्को, पुरातत्व बिभाग र स्थानीय वडाकार्यालयको सहयोगमा सम्पदा संरक्षण गर्दै आएको, राजधानीको मुख्य भागमा रहेको धार्मिक वनको संरक्षणमा जिल्ला वन डिभिजन कार्यालयको पनि सहकार्यले हरियाली र सरसफाईमा प्रगति गरेको उल्लेख गरे । 

२०७९ फागुन महिनामा प्राकृतिक प्रकोपका स्वयम्भू महचैत्यको सबैभन्दा माथिको गजुर खसेकोले महासमितिले एक स्टेरिंग कमिटी गठन गर्नुपर्ने तयारी गरेको थियो । 

त्यसपछि समितिका पधाधिकारी, मूल थकाली, पुजारी, नेपाल सरकारका पुरात्व बिभाग, कामपा १५ वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुठि सस्थां तथा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिवसमेत सल्लाहकारमा रहनेगरी एक समिति गठन गरि गजुरको जिर्णोद्वार गरेको बुद्धाचार्यले जानकारी दिए । 

स्वयम्भुको पहिलाको स्थिति, महासमिति गठन गर्नुपर्ने कारण र त्यस पछिको कार्यको छोटकरी विवरण प्रस्तुत गर्दै हाल त्रियोदशी भू–भागमा क्षथिग्रस्त गजुर र अन्य भागको जिर्णोद्वार मर्मत सम्भार गत साउन ८ मा गजुरको प्रतिस्थापनका साथै बिग्रेको भागको पनि मर्मत कार्य सम्पन्न गरिएको छ । 

महासमिति बिभिन्न काममा सहयोग पुर्याउने सम्पूर्ण सदस्य महानुभाव, संघ–सस्था, तथा बिभाग, महासमितिका सम्पूर्ण कर्मचारी, सल्लाहकार, प्राविधिक, लेखा परीक्षक तथा स्थानीय बासिन्दालाई उनले धन्यवाद व्यक्त गरे । 

बैठकमा कोषाध्यक्ष पून्यसागर योंजोनले २०८०÷८१ को अनुमानित बजेट प्रस्तुत महासमितिले पर्यटक सहयोग रकम र अन्य चन्दा तथा सहयोगबाट विभिन्न संरक्षणसँग सम्बन्धित कार्य गर्दै आएको ब्योहरा प्रस्तुत गरेका थिए । 

उनले यस आर्थिक वर्षका लागि चार करोड सत्तरी लाख पाँच हजारको अनुमानित आय व्यय प्रस्तुत गरे । उप्त रकममध्ये ९४५ रकम पर्यटक सहयोग बात, ५५ विश्व शान्ति पोखरीको आयबाट ० ५ अन्य आम्दानी बातपतको ब्याज र आम्दानी गरि सम्पदा संरक्षणको कार्य गरिने जानकारी दिए । 

बिहीबार १८ असोज २०८० ०६:५३ PM मा प्रकाशित

प्रतिक्रिया