×

पर्वसुधारको कारण ज्योतिष पेशा धरापमा पर्ने

images

दूरवीनलाई अंग्रेजीमा वाइनाकुलर भन्छ भने संस्कृतमा यसलाई दूरदर्शन यन्त्र भन्छ । यसको मुख्य काम सुल्टोबाट हेरायो भने टाढाको दृश्य अगाडि ल्याएर देखाउंछ र उल्टोबाट हेरायो भने नजिकको दृश्य टाढा लगेर देखाउंछ । साँचो अर्थमा त्यो दृश्य चलायमान भएको होइन। यथार्थमा दृश्य जहाँ छ त्यहीं नै रहेको हुन्छ । केवल हेराइमा मात्र फरक परेको हो ।

त्यस्तै गरि आकाशमा रहेका अनेकौं ग्रह एवं पिण्डहरु आ आफ्नो कक्षमा आफ्नै गतिले घुमिरहेका छन्। ती ग्रहहरु पहिले अर्कै गतिले घुमिरहेको र अहिलेअर्कै गतिले घुमिरहेको देखियो भनियो भने त्यो दूरवीनको हेराइ जस्तै मात्र हो । यो सन्दर्भ किन यहाँ ल्याउन खोजेको हो त्यसमा जाऔं ।


नेपालमा केही वर्ष अघि पर्वसुधारको विषयले घनीभूत रुपमा चर्चा परिचर्चा निक्कै चलेको कुरा प्राय धेरैलाई थाहा छ । पर्वसुधार गर्ने भनेर पर्वसुधार कार्यान्वयन समिति नै पनि गठन भएको थियो । त्यस समिति अन्तर्गत पनि अरु चार वटा उपसमितिहरु समेत गठन भएको थियो । ती समितिमा रहेका पदाधिकारीहरुको अध्ययनमा यो मात्र देखियो कि जस्तो -   अयन चलनले गर्दा हाम्रा व्रतोत्सवादि चाडवाड मनाउने दिन ठ्याक्कै २४ दिनवर तिर सरिसकेको छ । शास्त्रीय मर्यादा एवं आकाशीय ग्रहस्थिति अनुसार सवभन्दा छोटो हुने दिनमा माघेसंक्रान्ति र सवभन्दा लामोदिन हुने दिनमा साउनेसंक्रान्ति हुन्छ । अहिले सवभन्दा छोटो दिन पौष ७ गते हुन्छ भने सवभन्दा लामो दिन आषाढ ७ गते हुन्छ ।

त्यस्तै दिन र रात बराबरी भएकोदिन वैशाख संक्रान्ति र कार्तिक संक्रान्ति हुन्छ ।त्यस्तो दिन चैत्र ७ गते र आश्विन ७ गते पर्न आउंछ । पञ्चा·ले अहिले वैशाख सक्रान्ति र कार्तिक संक्रान्ति भनी जुन दिन लेखेको छ, त्यस दिन त्यो संक्रान्ति पर्दैन । बस्यही तिललाई गठित समितिले भयानक पहाड बनाइएको छ । विक्रमसंवत्लाई सुधार गरी यहाँ नेपाल विक्रमसंवत्नामाकरण गर्ने मूल ध्येय समेत राखेको देखिएको छ । जुन ध्येयको गन्तव्य र औचित्य स्पष्ट छैन । त्यो किन त कारण अनेक छन।

जस्तै - 

१. पहिलो त यो विक्रमसंवत्को दूरवीन लगाएर हेरिएको नै गलत भएको हो । किनभने विक्रमसंवत्आफै शुद्ध छैन । नेपालमा विक्रमसंवत्को उत्पत्ति नै शकसंवत्मा १३५ जोडे पछि विक्रमसंवत आउंछ भन्ने सूत्रले जन्माएको संवत्हो ।  साँच्चै त्यो १३५ शकसंवत्मै जोडेर बनाइएकोभएपनि जायज भन्न मिल्थ्यो होला । तर लिच्छविकालमा नेपालमा प्रचलित शक पूर्व २ को लिच्छविसंवत्मा १३५ जोडेर बनाइएको विक्रमसंवत्हो । फेरि १३५ जहाँ जोड्यो त्यही शकसंवत्को परिचय बन्ने पनि होइन । त्यसकारण यो संवत्को कुनै रुप सिद्धान्त र धरातल छैन भनी स्पष्ट छ ।

२.दोस्रो कुरा गोरखाका राजा पृथ्वीनारायण शाहले कान्तिपुर विजय गर्दा इस्वी १७६८ मानेको भरमा विक्रमसंवत्पुन परिवर्तन गरेर १८२५ बनाइएको छ । त्यसरी अरु संवत्ले छलांग मारे भन्दैमा विक्रमसंवतले पनि छलांग मारेको संवत्शुद्ध विक्रमसंवत्हुंदैन ।

३ . तेस्रोकुरा विक्रमसंवत्को उत्पत्ति भारतको भूमिमा भएको हो । भारतका विद्वानहरु स्वयं भन्ने गर्छ कि दक्षिण भारतमा यो चैत्रशुक्ल प्रतिपदा बाट शुरु भएर चल्थे भने उत्तरी भारतमा कार्तिक शुक्ल प्रतिपदाबाट शुरु भएर चल्थे । नेपालमा यी दुवै भन्दा फरक दिन वैशाख १ गतेबाट शुरुभएर चल्दै आएको छ । तव यो विक्रमसंवत्को सम्वन्ध कार्तिकादि संग पनि छैन र चैत्रादि संगबाट पनि छैन भन्ने प्रष्टै छ । यी तीनै थरि विक्रमसंवत्को तीनै थरि हिसाव रहेका छन्एउटै होइनन्भन्ने देखियो । किनकि यी तीनै थरि संवत्को शुरु हुने दिन नै फरक फरक रहेको स्पष्ट छँदै छ ।

४  भारतका भूमिमा देखिने भनिएका दुवै थरि विक्रमसंवत्गतेबाट चल्दथ्यो भन्ने प्रमाण देखिएको छैन । खुद नेपालमै पनि यदाकदा विक्रमसंवत्प्रयोग भइरहेका देखिए भने पनि त्यो पनि गतेबाट होइन तिथिबाटै चल्दै आएको मात्र देखिन्छ । तव गते लेख्ने चलन कहिलेबाट देखियो त । त्यो त जसले पनि थाहा छ कि विक्रमसंवत्को बीसौं शताव्दीको उत्तरार्धमा आएर मात्र गते लेख्ने चलन शुरु भएको हो । तव गते लेख्ने पद्धति मै त्रुटि भएको मात्र हो भन्ने प्रष्टै छ । किनकि सायन निरयण संक्रान्ति मध्ये वैशाख १ गते भनेको कुन संक्रान्तिसंग मेल खान्छ त भन्ने कुरा स्वयं पर्वसुधार समितिका पदाधिकारीहरुलाईं नै ज्ञात छैन भन्ने स्पष्ट हुन्छ ।

५.समितिका ती पदाधिकारीहरु लेख्ने गर्छन्कि -  समय शुद्ध हुनका लागि सायन र निरयण दुवै संक्रान्ति एउटै पूर्णिमा क्षेत्रभित्र पर्नुपर्छ । अहिले ती दुइ संक्रान्ति २४ दिनको फरकमा छन्र अलगअलग पूर्णिमा क्षेत्रमा पर्दछन्। त्यसकारण वैशाख १ गते भनेकोसायन अन्तर्गत हो या निरयण अन्र्तगतकोसंक्रान्ति हो त्यसमै उहाँहरु स्पष्ट हुनसकको छैन भन्ने पनि स्पष्ट हुन आउंछ ।

६. सवभन्दा छोटो हुने दिन र लामो हुने दिन भनेर माघ १ गते र श्रावण १ गते लाई हेर्दा यो होइन पौष ७ गते र असार ७ गते हुनु पर्ने भने पछि २४ दिन अघि आयो भन्ने कुरा
 विक्रमसंवत् को दूरवीन बाट मात्र देखिएको कुरा हो ।

उता इस्वी संवत्बाट हेर्दा पहिले मार्च २१ तारिखलाई मेष संक्रान्ति मान्ने गर्दथ्यो भने अहिले अप्रिल १३ या १४ पर्ने भएको छ । यसबाट हेर्दा पहिले भन्दा २४ दिन पर बढेको बताउंछ । तव इस्वीसंवत् को  दूरवीनले हेर्दा २४ दिनपर घचेटेको देखिने त विक्रमसंवत् को दूरवीनबाट हेर्दा २४ दिन वर आएको देखिने हुनुको मतलव के यसबारेमा पनि ती पदाधिकारीहरु स्वयं अन्यौल छन्भन्नेस्पष्ट हुन्छ ।

७.जुनवेला गते लेख्ने चलन आयो त्यो वेला देखि मात्र संक्रान्तिहरुमा समस्या देखिन आएकोबुझियो । त्यो भन्दाअघि तिथिको चलन हुंदा र नेपालसंवत्मा अहिले पनि तिथिबाटै चलेकोले यसप्रकारको समस्या छैन भन्ने पनि बुझियो र स्वयं समितिका पदाधिकारी मध्ये कै एक जनाले मसीर पूर्णिमा(योमरि पुन्हि) रज्येष्ठ पूर्णिमा (ज्याःपुन्हि)लाई उत्तरायण र दक्षिनायन को शुरु विन्दु भनिएको छ । यो त नेपालसंवत्मा अहिले पनि कायम नै छ । यसबाट पनि तिथि मान्दा कुनै समस्या नहुने र गते तथा तारिख मान्दा मात्र समस्या देखिनुको मतलव ग्रह सरेर अयनको कारणले आएको समस्या होइन रहेछ भन्ने प्रष्टै देखिएको छ ।

८. पर्वसुधार अन्तर्गत २०६६ सालको चैत्र लाई नै २०६७ सालको वैशाख गर्दा सुधारिएको नेपाल विक्रमसंवत हुनजाने सिफारिश को कुनै औचित्य देखिएन । यो त अदूरदर्शिताको नमुना मात्र हो । यसले कुनैकिसिमको समाधान दिने नभइ उल्टो ज्योतिष पेशा धराशायी बनाउने खतरा मात्र पो देखिन आएको ज्योतिषविद्ले महसूस गरेको छ ।

९.पर्व सुधारको लागि सिफारिस कर्ताहरुले प्रख्यात इतिहासविद्ज्योतिष शास्त्रका प्रकाण्ड विद्वान प्रा. नयराज पन्तको लिच्छविसंवत्को निर्णय लाई बडो महान आदर्श मानेर सिफारिस गरेको कुरा उल्लेख छन्। उक्त ग्रन्थ ज्योतिष र इतिहासको लागि अत्यन्त अनुपयुक्त छ भनी त्यसमा भएका मूलभूत त्रुटिहरु औंल्याएर कान्तिपुर दैनिककोमिति २०७९ असोज २७ गते शनिवार लेख प्रकाशित भैसकेको छ ।

१० . ती औल्याइएका त्रुटिहरुमा विक्रमसंवत्६६४ को सालमा ३९०दिन भन्दाबढी देखिएको हुनुप¥यो र शक ५२९ मा ३९० दिन भएको हुनुप¥यो र आफैले लेखेको पुस्तकमा शक ५२९ मा अधिमास परेको देखाउन सकेकोपनि होइन । किनभने संवत्३१ को माघशुक्ल त्रयोदशी आइतवारको मिति को गणना गर्दा माघशुक्ल त्रयोदशीलाई तिथिगण ३४३ गरेर गणना गरिएको छ । यो विल्कूल सिद्धान्त प्रतिकूल छ । किनकि शक ५२९ को वर्ष हरेक महीना ३० दिन गर्दा १२ महीनाको ३६० दिन हुन्छ । अधिमासभएको वर्षमा १३ महीना हुने भनेर ३९० दिन हुन्छ ठानिएको होला ।

तर शक ५२९ मा अधिमास छैन तव त्यो वर्ष१३ महीना छैन भनी स्पष्ट छ । माघ शुक्ल त्रयोदशी लाई ३४३ गर्दा त्यो वर्षको बाँकी तिथि ४७ दिन हुन्छ । ३४३ र ४७ को जोड ३९० दिन हुनजानेहुन्छ । विसं ६६४ को चैत्र मसान्त र शक ५२९ को अन्तिम दिन एकैदिन पर्दैन तव शक ५३० को चैत्र शुक्ल प्रतिपदा देखि विसं ६६५ को वैशाख १ गते याने वैशाखसंक्रान्ति सम्म अर्काे १० दिन मात्र लाग्यो भने पनि ३९० र १० दिन जोड गर्दा ४०० दिन लागेको देखिन आउने हुन्छ । यसरी४०० दिनभएको विक्रमसंवत् पनि छैन र ३९० दिनभएको शकसंवत्पनि छैन । प्रत्येक सौर वर्षमा ३६५ दिन र चान्द्र वर्षमा ३५४ हुन्छ ।

त्यसो हुंदा करीव ११ दिन फरक पर्ने भएकोले तेस्रो वर्षमा पूरा १ महीना फरक पर्दा सोफरक महीनालाई अधिकमास भन्ने गरिन्छ भन्ने थाहा छ । तर ३९० दिन न सौरमास न चान्द्रमास त्यस्तै असंभव अंक जाल रचना गरी तयार भएको लिच्छविसंवत्को निर्णयको आडमा पर्वसुधारको सिफारिस हुनु भनेको वास्तवमा अनर्थ हुने बाहेक अरु होइन । फलस्वरुप पर्वसुधार कार्यान्वयन समितिको सिफारिस ग्राह्य हुन सकेन त्यो राम्रो पक्ष हो । अझै पनि त्यस समितिका पदाधिकारीहरु सिफारिस कार्यान्वयनका लागि भरमग्दुर प्रयास गर्दै आइ रहेको सुनिन्छ । वास्तवमा यो कदापि साकार योग्य छैन । किनभने यसबाट पनि थुप्रै समस्याहरु निम्तिने संभावना तड्कारो रहेका छन्।

संभावित समस्याहरु

समितिको सिफारिस अनुसार २०६६ सालको क्यालेण्डरमा ११ महीना मात्र भएको वर्ष बनाएको भए अर्थात्२०६६ सालको चैत्रलाई नै २०६७ सालको वैशाख बनाएको भए के कस्ता नतिजा आउन सक्थ्यो भन्ने विचार गर्दा साँच्चै अकल्पनीय एवं भयावह स्थिति पैदा हुने पो थियो कि । धन्न हुन पाएन र त्यो भयावह स्थिति टरेर गयो ।

तर ती समितिका पदाधिकारीहरु अझै आफनो सिफारिस कार्यान्वयनको लागि घचघच्याउन छोडेको छैन भन्ने कुरा सुनिन आएको छ । यसको मतलव त्यसतो भयावह टरेको चाहीं छैन भन्न सकिन्छ । फेरि यही कुरा पुनरावृत्ति भइ दियो भनेदूरगामी असर कति भयावह हुने हो आकलन नै गर्न गाह्रो छ भने तत्काल देखापर्ने समस्या निम्न अनुसारको तडकारो देखिने भएको छ ।
 

जस्तै
- विसं २०६६ सालमा चैत्र महीना हटाउने भनिए जस्तै कुनै वर्ष चैत्र महीना हटाइयो भने त्यो महीनामा जन्मेका मानिसहरुको जन्मोत्सव गर्नबाट बञ्चित हुनेभयो । जन्मोत्सव त लौ तिलाञ्जलि दिइएला पितृकार्यहरु गर्नबाट वञ्चित गराइदिन हुंदैन र गराइयो भने त्यो कसैले मान्दैनन्पनि । 

-चैत्र महीनामा पर्ने पाहाचह्रे घोडाजात्रा र चैतदशै रामनवमी पर्व मनाउन बाट पनि बञ्चित गराइ दिनु उचित होइन । यो कसैले मान्ने पक्षमा हुंदैन । 

- सायन र निरयन संक्रान्ति भनेर तीन करोड नेपालीलाई बोध गरी बुझाउने त परै जावोस्सिफारिस गर्ने समितिका पदाधिकारीलाई नै थाहा छैन । विक्रमसंवत्को दूरवीनले हेर्नेहरुले २४ दिन वर सरेको र इस्वीसंवत्को दूरवीनले हेर्नेहरुले २४ दिन परसरेको देखिनु मा कुनतत्व ले प्रभाव पारेको त्यही थाहा छैन एक महीना घटाएर त्यो आफसेआफ मिल्ने कल्पना गर्नु उचित होइन । 

-  समितिले दिएको सुझावमा मलमास छाड्ने प्रचलन हाम्रोसंस्कृतिमा पहिले पनि गरिन्थ्यो भनी हचुवा कुरा लेखिएको पाइन्छ । वास्तवमा समितिका पदाधिकारीहरुलाई
   अधिमासको इतिहासको छेउटुप्पो केही ज्ञान छैन । 

-  एक महीना अघिसार्दा पर्वादि विषयमा पनि कुनै अन्तर नहुने भएकोलेसायन,निरयण र चान्द्र लगायत का तीन संक्रान्तिकोमिलनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मनाईंदै आएका चाडपर्व धर्म संस्कृतिमा कुनै असर पर्ने छैन भनिएको छ । तर चैतदशैं रामनवमी, पाहाँचह्रे घोडाजात्रा र पितृ कार्य नै एक वर्ष लोप गरिदिने प्रत्यक्ष हुंदा हुंदै असर पर्दैन भनेर भन्दैमा पत्याउंछ कसले? दूरगामी असर के कसो पर्छ केही पनि विचार गरिएको छैन ।

- एक महीना अघिसार्दा अहिले आसार१५ गतेको रोपाई एक महीना अघि सार्दा जेठ १५ गते पर्ने हुन्छ । त्यतिवेला पानी परेन भने पर्वसुधार जिम्मेवार भइ पानी पारीदिन
   सक्ने हुनुप¥यो त्यो संभव छैन । त्यतिमात्र होइन दशै अहिले भाद्रमा तिहार अहिलेको आश्विनमा योमरि पुन्ही कार्तिकमा र महाशिवरात्री अहिलेकोमाघमा पर्नेहुन्छ । यो       कसैले मान्नेवाला छैन ।

- एक महीना अघिसार्दा तिहार आश्विनमा पर्ने हुन्छ तव सयपत्रि गोदावरी मखमली फूल, सुपारी फूल विमिरा लगायत ऋतुअनुसार फल्ने फलफूल आश्विन मै फल्छफुल्छ भन्दैमा पत्याउने कोही हुंदैन । फागुनमा पर्नु पर्ने महाशिवरात्री माघमा पर्न आउनेहुन्छ फागुनकोऋुतुमा पर्ने शिवरात्री नेपालले माघमा प¥यो भन्दैमा विदेशबाट आउने तीर्थालु आउंछ भनी ग्यारण्टी सिफारीस कर्ताले दिनसक्दैन । यसरी धर्म संस्कृतिमा असरपर्ने तडकारो देखिंदा देखिंदै पनि कुनै असर पर्दैन भनेर मुखले भन्दैमा हुने कुरा होइन । 

- एकमहीना अघिसार्दा सवभन्दा बढी असर पर्ने ज्योतिष पेशा गर्नेहरुलाई हो । हरेक पाइला पाइलामा एक महीना तलमाथि भएको मिलाउन पर्ने हुन्छ तव फलादेश नै आनकातान फरक पर्न जाने निश्चित छ । एक मिनेट एक सेकेण्डको फरकले नै फलादेश बिग्रीने संभावना हुनजान्छ भने एक महीना भनेको धेरै हो । तव पचासौं हजार ज्योतिष पेशा गर्नेहरुको पेशा बिस्थापन हुने खतरा पनि तडकारो देखिएको छ।

यस्ता  अनगिन्ती उदाहरणहरु छन्जुन अहिले प्रत्यक्ष देखिनेमात्र यी भए अर्को अप्रत्यक्ष रुपले दूरगामी असर पर्ने त झन कति छन्कति वर्णन गरेर साध्य नै छैन। पर्व सुधारको नाउमा यसता अदूरदर्शिताको कार्य हुन लागेको थियो त्यतिवेला संभव भएन पछिफेरि यस्तै कुरा आएको खण्डमा बेलैमा सचेत भई यस्तोगन्तव्यहीन र औचित्यहीन पर्वसुधार कहिल्यै नहोस्भन्नु पर्ने भएकोले सतर्क र सावधान रहन सकौं ।

 

भगवान श्री पशुपतिनाथले
सद्बुद्धि देउन्। 

शुक्रबार​ २२ बैशाख २०८० ०४:०३ PM मा प्रकाशित

प्रतिक्रिया