×

भर्खरै बिहे गरेकी राखी सावन्तको बैवाहिक जीवन तनावग्रस्त 

images

काठमाडौं । केही समयअघि प्रेमी आदिल खान दुर्रानीसँग विवाह गरेकी भारतीय अभिनेत्री तथा मोडल राखी सावन्तको बैवाहिक जीवन राम्रो चलिरहेको छैन । 
आमाको मृत्युले भावविह्वल बनेकी राखीको डिभोर्सकोे कुरा सामाजिक सञ्जालमा आईरहेको छ । राखी आफैंले पनि सञ्चारमाध्यमसँग कुराकानी गर्दै उक्त जानकारी दिएकी हुन् । 

राखीका अनुसार आदिलको अफेयरकै कारण विवाहलाई अस्वीकार गरेका र आदिलले आफूलाई अस्वीकार गरेपछि राखी रुँदै मिडियासामु आएकी थिइन् । 
‘मिडियामार्फत आदिलकी प्रेमिकालाई चेतावनी दिन्छु ।

मेरो र आदिलको बीचमा आयौ भने नाम सार्वजनिक गरिदिन्छु। एक महिला अर्का महिलाको घर तोड्दै छौ। आदिल म अन्य महिलाको जस्तो चुप लागेर बस्दिनँ। यदि फर्किएर आउँछौ भने म केही भन्दिनँ । ’

राखीले यसअघि रितेश पाण्डेसँग विवाह गरेकी थिइन्। राखी र रितेश ’बिग बोस १५’ मा एकसाथ देखिएका थिए ।  शोबाट बाहिर आएको केही समयपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो । 

आइतबार​ २२ माघ २०७९ ०५:३७ PM मा प्रकाशित

प्रतिक्रिया