विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । कोशी प्रदेश सरकार सोमबारसम्ममा विस्तार हुने भएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीले आइतबार सहकर्मी दलहरूसँग छलफल गरेर सोमबारसम्ममा ३ जना फूल मन्त्री र एक राज्यमन्त्री नियुक्तिको तयारी गरेका हुन् ।
प्रतिक्रिया