×

‘बगेको खोला’लाई गोधूलि पुरस्कार

images

काठमाडौं । दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई २०७९ सालको ‘गोधूलि पुरस्कार’ प्रदान गरिने भएको छ ।

गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने दस हजार रूपैयाँ राशि र ताम्रपत्र सहित 'गोधूलि पुरस्कार' विशेष कृतिका रुपमा ‘बगेको खोला’लाई प्रदान गरिने निर्णय भएको हो । गोधूलि साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीमती गङ्गा लिगलको अध्यक्षातामा बसेको बैठकले सो निर्णय गरेको हो । 

विराटनगर निवासी ८५ वर्षीय श्रीमती दुर्गादेवी नेपाल दसौँ वर्षदेखि विभिन्न रोगले ग्रस्त हुनुहुन्छ । हाल उहाँको बसोवास काठमाडौँमा नै रहेको छ । 
 

शुक्रबार​ १८ कात्तिक २०७९ ०७:०९ PM मा प्रकाशित

प्रतिक्रिया