१५ असोज, हान्झाउ । हान्झाउस्थित जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा सोमबार नेपालले महिला कबड्डीमा बंगलादेशविरुद्ध सुरुवादेखि नै राम्रो प्रदर्शन गर्दै खेल ३७-२४ ले जित्यो ।
पहिलो हाफमा २१-१६ को अग्रता बनाएको नेपाललाई त्यसलाई कायम राख्दै दोस्रो हाफ १६-८ ले आफ्नो पक्षमा पार्यो । दुई हाफमा गरी नेपालले चार पटक बंगलादेशलाई अलआउट गरेको थियो बंगलादेशविरुद्धको यो जित एउटा जितमात्र थिएन, समूह चरणको खेल भए पनि यो जित नेपाललाई पदक नजिक पुर्याउने जित थियो ।
नेपाली महिला कबड्डी टिमले यस्तो बेलामा यो जित हात पारेको छ कि जुन बेला नेपाल पदक विहीन हुँदै घर फर्कनु पर्ने हो कि भन्ने चिन्तामा थियो । २९ खेलमा २५३ खेलाडी सहभागी गराएको नेपाल पदक जित्ने संभावना भएका खेलमा पदकको नजिकै पुग्नसमेत पाएन ।
प्रतिक्रिया