काठमाडौँ । इजरायली बन्धकहरूको रिहाइमा हमासको सहमतिपछि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ट्रम्पको शान्ति योजनामा आफ्नो देश अमेरिकासँग मिलेर काम गर्ने बताएका छन् ।
इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको एक विज्ञप्तिमा नेतान्याहूले हमासको प्रतिक्रियापछि, इजरायलले सबै बन्धकहरूको तत्काल रिहाइको लागि ट्रम्पको योजनाको पहिलो चरण तुरुन्तै कार्यान्वयन गर्ने तयारी गरिरहेको बताएका छन् ।
उनले भनेका छन्- 'हामी युद्ध अन्त्य गर्न राष्ट्रपति ट्रम्प र उनको टोलीसँग पूर्ण सहयोग गर्नेछौं ।'
यसअघि, हमासले बाँकी रहेका सबै इजरायली बन्धकहरूको रिहाइमा सहमति जनाउँदै एक विज्ञप्ति जारी गरेको थियो ।
यद्यपि, हमासले गाजामा शान्तिको लागि अमेरिकी योजनाका धेरै प्रमुख बुँदाहरूमा वार्ता गर्न चाहेको पनि बताएको छ । यो योजना अमेरिका र इजरायलबीच पहिले नै सहमति भइसकेको छ ।
प्रतिक्रिया