काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग हार बेहोरेको छ ।
बुधबार राति सम्पन्न खेलमा ताजिकिस्तानले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा १-० को अग्रता लिएको ताजिकिस्तानले दोस्रो हाफमा ३ गोल गरेको थियो ।
एएफसी यू-२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले अर्को खेल सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया