×

युक्रेनका राष्ट्रपति जेलेन्स्की अचानक फिनल्याण्डको राजधानीमा

images


काठमाडौं । । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की जानुभएको छ ।

पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उहाँ फिनल्याण्ड भ्रमणमा जानुभएको फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोले बताउनुभयो । युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को कान्छो सदस्य फिनल्याण्डका राष्ट्रपतिसँग जेलेन्स्की जारी युद्ध र प्रतिरक्षा सहयोगबारे छलफल गर्ने अधिकारीहरूले बताएका छन् ।

युक्रेनी नेताले स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन, नर्वेका जोनास गाहर स्टोर, डेनमार्कका मेटे फ्रेडरिक्सन र आइसल्याण्डका क्याट्रिन जाकोब्सडोटिरसँग पनि द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

नाटोको सदस्यता प्राप्तिमा नर्डिक मुलुकको सहयोग प्राप्तिलाई पनि युक्रेनी राष्ट्रपतिले आफ्नो भ्रमणको कार्यसूचीमा समावेश गर्नुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी

बिहीबार २१ बैशाख २०८० ०४:५० PM मा प्रकाशित

प्रतिक्रिया