काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध सर्बोच्च अदालतमा दर्ता भएकोे रिट निवेदनमाथि आज(मंगलवार) प्रारम्भिक सुनवाई हुने भएको छ ।
नागरिकता दुरुपयोग गरी नेपाली राहदानी लिएको मुद्दा नचल्ने भन्दै महान्यायधिवक्ता कार्यालयले गरेको निर्णय विरुद्ध युवराज सफलले सर्बोच्चमा सोमवार रिट निवदेन दर्ता
गएका थिए । सोही निवदेनमा आज प्रारम्भिक सुनुवाई हुनेछ । निवदेनमा रवि विरुद्ध मुद्दा चलाई कारबाही गरिनु पर्ने उल्लेख छ ।
अमेरिकि नागरिक रहेकै बेला नेपाली नागरिकता दुरुपयोग राहदानी लिएको भन्दै लामिछाने विरुद्ध प्रहरीमा उजुरी गरेको थियो । अनुसन्धानपछि प्रहरीले प्रतिवेदन जिल्ला
सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको थियो । तर, वकिल कार्यालयले उनी विरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । त्यसलगतै जिल्ला सरकारी वकिल
कार्यालयको निर्णय विरुद्ध उच्च सरकारी वलिकको कार्यालय पाटनमा निवेदन परेका थियो । तर, पाटनले पनि लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।
लामिछाने आगमी १० बैशाख हुने उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेका छन् । उनी अहिले चुनावी प्रचारप्रसार छन् । नागिरकतामा त्रुटि प्रमाणित गर्दै सर्बोच्चले
उनको सांसद पद खारेज गरिदिएपछि चितवन–२ मा अहिले उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया