काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
भ्रष्टचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।
दुई वटा वाइडवडी विमान खरिदमा भ्रष्टचार गरेको भन्दै अख्तियारले पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाहीसहित ३२ जनालाई मुद्दा दर्ता गरेको छ । वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टचार भएको दाबी अख्तियारले गरेको छ । ४ मंसिर २०७९ मा भएको निर्वाचनमा शाही हुम्ला प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया