काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सम्बन्धमा विशेष वा नियमित भन्ने छलफल करिब डेढ महिना चलेर अन्तत नियमित महाधिवेशनको तालिका सार्वजनिक भएको छ । कार्यतालिका अनुसार पौष १६ गतेबाट वडा अधिवेशन सुरु भएर पौष २६, २७ र २८ गते काठमाडौंमा कांग्रेसको महाधिवेशन हुनेछ । सोमबार बसेको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको हो । असोज २८ गतेबाट सुरु भएको केन्द्रिय समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएपछि भएको बैठक तथा छलफलको लामो श्रंङ्घखला चल्यो ।
२ हजार ४८८ जनाले हस्ताक्षर गरेर बुझाएपछि यो विषय झन् पेचिलो बन्यो । पार्टीभित्र चलेको महाधिवेशनको विषयलाई पूर्वउपसभापति समेत रहेका कांग्रेसका नेता विजय गच्छदारले टुंगोमा पु¥याउन महत्वपूर्ण भूमिका निभाएका छन् । “पार्टीमा देखिएको संकटलाई समाधान गर्न गच्छदार ज्यूले पहलकदमी गर्नु भएको थियो त्यो अनुसार महाधिवेशन तालिका समेत आएको छ,” कांग्रेसका एक नेताले भने । कांग्रेसभित्र नेता गच्छदार लामो राजनितक अनुभव भएका नेताको रुपमा परिचित छन् ।
२०७२ सालमा संविधान निर्माणको क्रममा समेत तत्कालिन पार्टी सभापति तथा प्रधानमन्त्री शुसिल कोइराला, नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई समेत एक ठाँउमा ल्याएर २२ बुदेँ सहमति गराउन कांग्रेस नेता गच्छदारले महत्वपूर्ण भूमिका निभाएका थिए । सोही अनुरुप २०७२ असोज ३ गते नेपालले नयाँ संविधान पाएको थियो । यस पटकपनि नेता गच्छदारले पूर्व पदाधिकारी, कार्यवहाक सभापति र सभापतिसंग पुस मसान्तभित्र पार्टीको महाधिवेशन गर्नेगरि बनेको कार्यतालिका सहमत गराउन दुई महिनादेखि प्रयास गरेका थिए ।
नेता गच्छदारको सन्तुलित र परिपक्क भूमिकाले पुसको २६ गतेदेखि काठमाडौंमा हुने १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको कांग्रेसका नेता रामजनन चौधरीले बताए । नेता चौधरीलगायत संस्थापन पक्षका २४ जना केन्द्रिय सदस्यले पनि पुस मसान्तभित्र नियमित महाधिवेशन गर्ने पक्षमा लविङ्ग गरेका थिए सो संंख्या सोमबार बसेको बैठकमा ३० जना पुगेको नेता चौधरी बताए । नेता गच्छदार कार्तिक २६ गते बसेको केन्द्रय समितिको बैठकमा सर्वसम्मत निर्णय गर्दै महाधिवेशन र आम निर्वाचनमा जादाँ एकजुट भएर सहमतिका साथ जानुपर्ने धारणा राखेका थिए । सहमतिबाट एउटै कार्यतालिका ल्याउनु पर्ने धारणा राखेका गच्छदारले सबैलाई समेट्नेगरि निर्णयमा पुग्नुपर्नेमा जोड्दिदैं आएका छन् ।
प्रतिक्रिया