×

गण्डकीका स्वतन्त्र उम्मेदवार कमजोर पुराना दललाई लाभ

images

बाग्लुङ । संघीय राजधानी काठमाडौं लगायत विभिन्न सहरमा स्वतन्त्र उम्मेदवारहरू आकर्षक अजेन्डा लिएर तामझामका साथ चुनावी प्रचारमा जुट्दै गर्दा गण्डकी प्रदेशको परिस्थिति भने फरक छ।

गण्डकीका सबै जिल्लामा स्वतन्त्र उम्मेदवारको खासै चहलपहल देखिन्न। गण्डकीका ११ जिल्लामा स्वतन्त्र उम्मेदवारहरूको चुनावी प्रचारप्रसारमा खासै दौडधुप छैन। दलका उम्मेदवारको प्रभाव र चर्चाका कारण उनीहरूको चुनावी अभियान छायामा परेको छ।

बागलुङबाट प्रदेश र प्रतिनिधिसभामा १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। तीमध्ये तीनजना पार्टीनिकट छन्। पर्वतमा पनि स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिमा खासै प्रभाव देखिन्न। त्यहाँ तीनजनाको उम्मेदवारी परेको छ। तनहुँमा दलबाट टिकट नपाएर उम्मेदवारी दिने दुईसहित पाँचजना छन्।

प्रतिनिधिसभातर्फ गोरखामा चार, लमजुङमा दुई, कास्कीमा १८, तनहुँमा बागी दुईसहित पाँच, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १०, म्याग्दी दुई, बागलुङ पाँच, पर्वतमा तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रदेशसभातर्फ गोरखामा सात, मनाङमा दुई, कास्कीमा ११, तनहुँमा चार, स्याङ्जामा तीन, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा ११, म्याग्दीमा दुई, बागलुङमा सात स्वतन्त्र उम्मेदवार मैदानमा छन्। प्रतिनिधिसभातर्फ ५२ र प्रदेशसभातर्फ ५२ गरी १०४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यीमध्ये धेरैजसो राजनीतिक दलमै सक्रिय रहेको तर टिकट नपाएपछि स्वतन्त्र बनेको पाइएको छ। यी कुनै पनि जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ मुख्य दललाई टक्कर दिएर निर्वाचन आफ्नो पक्षमा पार्न सक्ने अवस्था स्वतन्त्रको देखिन्न।

जित निकाल्ने उनीहरूको आधार र रणनीति कमजोर देखिएपछि त्यसको लाभ मुख्य प्रतिस्पर्धी दललाई पुग्ने भएको छ। नागरिक दैनिकबाट

बिहीबार १७ कात्तिक २०७९ ०८:२८ AM मा प्रकाशित

प्रतिक्रिया