काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको त्रिदेशीय (फ्रान्स, जर्मनी र इटाली)को भ्रमण स्वीकृत गरेको छ ।
उक्त बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कात्तिक १२ गतेबाट गर्ने फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
आज (शुक्रबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार राष्ट्रपति पौडेल पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन त्यसतर्फ प्रस्थान गर्नेछन् ।
त्यसपछि जर्मनी र इटालीको भ्रमणका लागि कार्तिक २२ गते काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्ने प्रवक्ता शर्माले बताइन् ।
राष्ट्रपति पौडेलको त्रिदेशीय भ्रमण सम्पन्न पश्चात् आगामी मंसिर १ गते स्वदेश फर्कने शर्माले जानकारी दिइन् ।
प्रतिक्रिया