×

झुटो विवरण पेस गर्ने दुईजनाको नागरिकता बदर गर्ने सरकारको निर्णय

images

काठमाडौं । झुटो विवरण पेस गर्ने दुईजनाको नागरिकता बदर गरिएको छ । 

मन्त्रिपरिषद् बैठकले झुटो विवरण पेस गरी नागरिकता लिएको भन्दै दुईजनाको नागरिकता बदर गरेको हो । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सरकारका प्रवक्ता रेखा शर्माले झुटो विवरण पेस गरेका काभ्रेपलाञ्चोकबाट निमा तामाङ र कालिकोटबाट देवराज धमलाको नागरिकता बदर गर्ने निर्णय गरेको जानकारी दिइन् । 

तामाङको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको र धमलाको नाममा जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट जारी भएको नागरिकताको प्रमाणपत्र बदर गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ ।
  

शुक्रबार​ १७ कात्तिक २०८० ०५:५० PM मा प्रकाशित

प्रतिक्रिया