×

राजनीति र व्यवस्था कुनै एक पुस्ताको मात्र विषय होइन- महासचिव पोखरेल

images

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले एमाले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्नुपर्ने बताएको उल्लेख गर्दै एमालेले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको दाबी गरेका हुन् । 

उनले राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन् । खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा भएपनि समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनु नहुने उनको तर्क छ ।

उनले भनेका छन्:

पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ। नेकपा (एमाले) ले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको छ। राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन। खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ। समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन ।

शुक्रबार​ १७ असोज २०८२ ०८:२२ PM मा प्रकाशित

प्रतिक्रिया