×

मेरो ज्यान मार्न खोज्नेलाई सरकारले समाएन : ओली

images

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि आक्रमण गर्न खोज्नेलाई सरकारले कानुनी दायरामा नल्याएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै ओलीले गठबन्धनबाहेक सरकारले अरूको अस्तित्व स्वीकार नगरेको बताए । राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका आधारस्तम्भहरू खलबल्याउन सरकार नियोजित रूपमा लागेको देखिन्छ,’ उनले भने, ‘सरकार आफैं यस्ता घटनाको आयोजना पनि गरिरहेको छ ।

यो सरकार गठबन्धनबाहेक अन्य दलको अस्तित्व स्वीकार गर्दैन । प्रमुख प्रतिपक्षी दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्छ/गराउँछ। हमलाकारीलाई कानुनको दायरामा ल्याउँदैन ।’

उनले आफ्नो ज्यान मार्न खोज्नेलाई सरकारले नसमाएको पनि बताए । ‘प्रहरीको टाउको फुटाउने र दाँत भाँच्नेलाई केही नगर्नू भन्ने ?

हामीमाथि हमला गर्न अहिलेको गठबन्धनको सहयात्रीका प्रमुख दलका कार्यकर्ताहरू संलग्न छन् । प्रधानमन्त्रीलाई पनि यो विषय आग्रह गरेको छु । हिंसालाई प्रोत्साहित गर्ने काम भइरहेको छ,’ उनले भने ।

मङ्गलबार १६ असोज २०८० ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया