काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, सञ्चार माध्यम भजन मण्डली बन्न नहुने बताएकी छन् ।
रेडियो नेपालको ७३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले, देशको सूचना प्रवाह गर्ने क्षेत्र भजन मण्डली नभई जनताको आवाज भन्नु पर्ने बताएकी हुन् । उनले भनिन् ‘भजन मण्डली हुनु हुदैँन् भन्ने मान्यता अन्तर्गत प्रसारण ऐन जसरी संसद्मा गएको छ । त्यो पारित भएपछि नयाँ वातावरण हुने छ ।’
सञ्चारमाध्यममा देखिएका समस्याहरू समाधान गर्न मन्त्रालय सधैँ तत्पर रहेको उनको भनाई छ । उनले रेडियो नेपालको समग्र विकासका लागि मन्त्रालय तयार रहेको बताइन् । उनले भनिन्, ‘नयाँ तरिकाले काम गर्न के समस्या छ, बजेटको समस्या कानूनको समस्या मन्त्रालयको सहजीकरणको समस्या के छ । समस्याहरूलाई सूत्रबद्ध गरेर त्यो समस्यालाई फुकाउन मन्त्रालय सधैँ तत्पर छ हामी सधैँ अगाडि छौ । समस्याको सहजीकरण गर्न हामी तयार छौ ।’
संघीयता, लोकतन्त्र र समावेशितालाई जनताको बीचमा व्यापक रूपमा लैजाने र संविधानमा राखेका मौलिक हकका कुराहरूलाई जनताको बीचमा भरपर्दो रूपमा पुर्याउन सञ्चार माध्यमले सक्दो भूमिका खेल्नु पर्ने उनको भनाई छ ।
प्रतिक्रिया