×

उपनिर्वाचनका लागि आचार संहिता --उम्मेदवारी दर्ता गर्दा २५ भन्दा धेरैको नारा,जुलुस गर्न नहुने 

images


काठमाडौं । निर्वाचन आयोगले आगमी १० बैशाखमा हुने उपनिर्वाचनका लागि १० बुँदे आचार संहिता सार्वजनिक गरेको छ ।  
आचार संहिता अनुसार उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गर्न जाँदा २५ जनाभन्दा धेरैको नारा,जुलुस गर्न पाउने छैनन् । उनीहरुले आफ्नो पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न पाउने छैनन् । 
त्यस्तै, उम्मेदवारी दर्ताका क्रममा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तरगतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी उम्मेदवारसँग सहभागि हुन पाउनेछैनन् । उम्मेदवारले मनोनयन दर्ताको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था तथा कुनै पनि परियोजनाको स्रोत, साधन र सम्पति प्रयोग गर्न पाउने छैनन । 

यस्ता छन् आचार संहिता 
–मनोननयम पत्र पेश गर्न जाँदा उम्मेदवारले प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने । 
–बाजा, झाँकी तथा  निर्वाचन आचारसंहिता–०७९ विपरितका व्यानर, चिन्ह र झण्डसहित जान नहुने । 
–उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने ।
–मनोनयन गर्न जाँदा र मनोनयन स्थालमा उम्मेदरको पक्षमा नारा÷जुलुस, भाषण र प्रतिष्पर्धी लक्षीत गालीगलौज र टिकाटिप्पणी गर्न हुने । 
–मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तरगतको कुनै परियोजनाको स्रोत, साधन र सम्पति प्रयोग गर्न नहुने ।
–नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागि हुन नपाउने ।
–उम्मेदवारको मनोनयनको समयमा बालबालिकाको प्रयोग गर्न नहुने ।
–मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारी साधन वा सामाग्री प्रयोग गर्न दिन नहुने ।
–हेलिकोप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नजान नहुने ।
–नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तरगतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागि हुन नहुने । 

सोमबार २० चैत २०७९ ०९:५८ AM मा प्रकाशित

प्रतिक्रिया