×

युएईको दुबईमा नेपाल सिनेमा फेस्ट हुँदै

images

काठमाडौं । युएईको दुबईमा नेपाल सिनेमा फेस्ट – २०२३ कार्यक्रम आयोजना हुने भएको छ ।  चलचित्र विकास बोर्डले, यही माघ २९ गतेदेखि फागुन ३ (फेब्रुअरी १२–१५, २०२३ सम्म  युएईको दुबईमा सिनेमा फेस्ट गर्न लागेको आज एक विज्ञप्ति प्रकाशित गरि जानकारी दिएको हो ।

नेपाली सिनेमा र पर्यटनलाई विश्वमाझ लैजाने’ नाराका साथ सरकारी स्तरबाट हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रमुख उद्देश्य नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण र विदेशी बजार विस्तार गर्नु रहेको बोर्डले जनाएको छ। 

३० लाख रुपैयाँ बजेट विनियोजन भैसकेको कार्यक्रम सम्पन्न गर्न लाग्ने लगभग ४० सहभागिहरुको हवाई टिकट खर्च, भिसा शुल्क, होटल बसोवास खर्च, कार्यक्रम हलमा हुने खर्चहरु बोर्डले सोझै सम्बद्ध निकायलाई भुक्तानी दिने बताइएको छ।  फेस्टमा दुई नेपाली चलचित्रहरु ‘ऐना झ्यालको पुतली’ र ‘कवड्डी ४’ प्रदर्शन गर्ने तयारी छ । 

 साथै चलचित्र विकास बोर्डले विज्ञप्ति मार्फत नेपाली चलचित्रकर्मी, विभिन्न सरोकारवाला संघसंस्थाहरु, सम्पूर्ण सञ्चार माध्यमहरु तथा नेपाली चलचित्र प्रेमीहरुलाई यो कार्यक्रम सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ ।  नेपाली राष्ट्रिय चलचित्र उद्योगको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न कार्यक्रम गर्न लागिएको बोर्डको जिकिर छ ।
 

शुक्रबार​ २० माघ २०७९ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया