काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ ।
राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय संसद सचिवालयले पुस २६ गते नै सभामुखको निर्वाचनका लागि सूचना निकाल्ने कार्यसूची सर्वदलीय बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले पुस २२ गतेका लागि सर्वदलीय बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समिति गठन नहुँदासम्म सर्वदलीय बैठकले संसदको कार्यसूची तय गर्ने अभ्यास छ ।
प्रतिक्रिया