×

मन्त्री कुलमान–मन्त्री रामेश्वरमाथि ५ अर्ब सेटिङ गरेकाे महेश बस्नेतकाे संगीन आरोप

images

काठमाडौं। नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर बोहरामाथि ‘५ अर्ब सेटिङ’को संगीन आरोप लगाएका छन्। बस्नेतले फेसबुकमा स्टाटस लेख्दै दाबी गरेका छन् कि दुवै मन्त्री मिलेर ठूला विद्युत् परियोजनामा अनियमितता गर्न खोजेको छ। उनका अनुसार अघिल्लो सरकारले दीर्घकालीन ऊर्जा सुरक्षालाई ध्यानमा राखेर ‘टेक–अर–पे’ मोडालिटीमा पावर पर्चेज एग्रिमेन्ट (पीपीए) नगर्ने नीति ल्याएको थियो।

तर वर्तमान सरकारले प्रवर्द्धकहरूसँग प्रतिमेगावाट १० लाख रुपैयाँ उठाएर ५ हजार मेगावाट परियोजनामा टेक–अर–पे मोडालिटी पुनः लागू गर्ने तयारी गरेको बस्नेतको दाबी छ। उनले भने, “अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र यसबाट करिब ५ अर्ब रुपैयाँ संकलन गरी चुनावी खर्च व्यवस्थापन गर्ने योजना बनाइएको छ।”

बस्नेतले यो कदमले विद्युत प्राधिकरणको वित्तीय अवस्था बिग्रने चेतावनी पनि दिएका छन्। उनका अनुसार, प्रवर्धकहरूसँग प्रतिमेगावाट १० लाख उठाउने योजना पुरा भए मात्र मन्त्रीले राजीनामा दिने तयारी गरेको पनि सार्वजनिक गरेका छन्। बस्नेतको यो आरोपले सरकारको ऊर्जा नीति र विद्युत परियोजनामा पारदर्शिता सम्बन्धी प्रश्न उठाएको छ।

 

 

उर्जामन्त्री कुलमान घिसिगं र अर्थमन्त्री रामेश्वर खनालको ५ अर्ब घोटलाको सेटिगं।

बिजुलीको आन्तरिक खपत वृद्धि नभएको, भारतीय बजार सुनिश्चित नभएको, रन अफ दि रिभर आयोजनाको अनुपात बढन गई उर्जा सुरक्षामा जोखिम बढेको, सुख्खायाममा बिजुलीको अभाव र बर्षायाममा बिजुली खेर जाने अवस्था सिर्जना भएको र विद्युत प्राधिकरणको वित्तीय अवस्था ठीक नभएकोले ‘टेक अर पे’ मा पिपिए नगर्ने व्यवस्था बजेट वक्तव्य मार्फत अघिल्लो सरकारले गरेको थियो। यो दीर्धकालीन महत्वको नीतिगत निर्णय हो। तर, अहिले प्रवर्धकहरूसॅग प्रति मेगावाट १० लाख उठाउने गरी कुलमान र रामेश्वर खनालको डिजाइनमा ५ हजार मेगावाटको टेक अर पे पिपिए गर्ने प्रस्ताव अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारी छ। यसबाट करीब ५ अर्ब अर्थ संकलन र चुनावी खर्च जोहो गर्ने र यो काम फत्ते गरेपछि मात्र मन्त्रीबाट राजीनामा गर्ने कुलमानको योजना छ। यो निर्णयबाट विद्युत प्राधिकरण टाट पल्टने निश्चित छ।

मङ्गलबार १७ मंसिर २०८२ १२:५० PM मा प्रकाशित

प्रतिक्रिया