×

साहित्यकार गोपाल अश्कका कृतिहरु लोकार्पण 

images

काठमाडौं । आज  (शुक्रबार) थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा साहित्यकार गोपाल अश्कका दुई कृतिहरू लोकार्पण भयो । 

साहित्यकार अश्कद्वारा लिखित 'नेपालीय भोजपुरी साहित्यको इतिहास' र अर्को कृति अश्कबारे विभिन्न विद्वानहरूद्वारा लेखिएका लेखहरूको सँगालो 'साहित्यकार गोपाल अश्क' दुबै कृतिहरु कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आख्यानकार ड़ा. ध्रुवचन्द्र गौतमले गर्नु भएको हो । 

नेपाल स्रष्टा समाजद्वारा आयोजित उक्त कार्यक्रममा कृतिहरूबारे समालोचकहरू दिनेश गुप्ता, प्रमोद प्रधान र प्राडा कुमार कोइरालाले समीक्षात्मक मन्तव्य दिनु भएको थियो भने साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, भाषा आयोगका अध्यक्ष उषा हमाल र नेपाल स्रष्टा समाजका सल्लाहकार पवन आलोकद्वारा शुभकामना मन्तव्य व्यक्त भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि ड़ा. ध्रुवचन्द्र गौतमले गोपाल अश्क बहुमुखी प्रतिभाशाली भएको कुरामा जोड दिनु भयो ।  कवि मधु पाठकको उद्घोषणमा सञ्चालित सो समारोहको अध्यक्षता नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ "रोदन"द्वारा गरिएको थियो भने स्वागत भाषण समाजका महासचिव देविका तिमिल्सिनाद्वारा गरिएको थियो ।

शुक्रबार​ १६ मंसिर २०७९ ०८:१२ PM मा प्रकाशित

प्रतिक्रिया