×

जनतासँग माओवादी रुपान्तरण अभियानले अन्तरविरोध हल हुँदै गएको छ- माओवादी केन्द्र 

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शुरू गरेको जनतासँग माओवादी रुपान्तरण अभियानबाट विगतमा भएका अन्तरविरोध हल हुँदै गएको निचोड निकालेको छ ।

आज (बिहीबार) पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले शीर्ष नेताहरूबीचको समीक्षाको निचोड सुनाउँदै पार्टी चलायमान भएको बताए ।

उनले अभियान चरण–चरणमा जाने बताए । जनतासँग एकाकार हुने कुराको महत्व रहेको सुझाव आएको उनले बताए ।

सापकोटाले भने– ‘जनताले हाम्रा कुरा सुनेका छन् । जनताको विश्वास आर्जन गर्दै पार्टी अब उकालोतिर यात्रारत छ ।’
 

बिहीबार १६ कात्तिक २०८० ०२:३६ PM मा प्रकाशित

प्रतिक्रिया