×

राष्ट्रपतिसँग शिष्टाचार भेट

images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । 

त्यस अवसरमा राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षमा अझ प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गरे । 

साथै उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया भरपर्दो साझेदारका रूपमा रहेको बताएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपालले प्राविधिक सहयोग एवं जनशक्ति विकासलगायत विभिन्न क्षेत्रमा प्राप्त सहायताका निम्ति कोरिया सरकारप्रति कृतज्ञता ज्ञापन गरे । 

बिहीबार १६ कात्तिक २०८० ०५:३९ PM मा प्रकाशित

प्रतिक्रिया