काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत चौथो चरणको आफ्नो पहिलो खेलमा नेपालले दुई सय ९७ रनको लक्ष्य पाएको छ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा घरेलु टोलीले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर दुई सय ९६ रन बनाएको हो।
स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन बनाए। उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे। यस्ते फिन्ले म्याकक्रेथले ५५ रन बनाए। नेपालका लागि रिजन ढकाल, सोमपाल कामी र करण केसीले समान दुई दुई विकेट लिए। सन्दीप लामिछानेले एक विकेट लिए।
त्रिकोणात्मक एक दिवसीय उक्त शृङ्खलामा नेपाल र स्कटल्यान्डसँगै नेदरल्यान्डस् रहेको छ ।
हालसम्म नेपाल र स्कटल्यान्डबीच आठ एकदिवसीय अन्तरराष्ट्रिय खेल भएको छ। जसमा नेपालले चार र स्कटल्यान्डले तीन खेलमा जित निकालेका थिए। एक खेल भने नजिताविहीन भएको थियो। विश्वकप लिग–२ मा नेपाल १२ खेलबाट ६ अंकका साथ अंक तालिकाको पुछारमा छ भने स्कटल्यान्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा छ।
प्रतिक्रिया