×

नेपाल उद्योग परिसङ्घको महानिर्देशकमा दीपकराज जोशी नियुक्त

images

नेपाल उद्योग परिसङ्घ (सिएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त हुनुभएको छ । सिएनआईको पदाधिकारी समितिको २७औँ बैठकले जोशीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो । 

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) जोशी पर्यटन क्षेत्रको प्रवद्र्धन तथा अनुसन्धानात्मक गतिविधिमा निरन्तर क्रियाशील हुनुहुन्छ । जोशीले आजै पदभार ग्रहण गर्नुभएको छ । 

नवनियुक्त महाप्रबन्धक जोशीलाई सिएनआईका अध्यक्ष विष्णकुमार अग्रवालले स्वागत गर्दै संस्थाको उद्देश्यअनुरूप सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । महाप्रबन्धक जोशीले रासससँग संक्षिप्त कुराकानी गर्दै अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको पर्यटनका विविध क्षेत्रमध्ये आर्थिक पक्षबाट पनि सकारात्मक भूमिका खेल्न सकिन्छ भन्ने विश्वासका साथ नेतृत्वमा आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पर्यटन बोर्ड पनि सार्वजनिक निजी साझेदारी अवधारणा भएको संस्थाको नेतृत्व लिएको थिएँ । सिएनआई पनि निजी क्षेत्रको छाता संस्था भएकाले अरु बृहत् आर्थिक क्षेत्रका बारेमा थाहा हुने र यसबाट सार्वजनिक र निजी क्षेत्रको साझेदारीलाई प्रभावकारी बनाउने भूमिकामा केन्द्रित हुन्छ ।”

    महाप्रबन्धक जोशीले सरकारी क्षेत्रलाई कार्यान्वयन गर्ने र निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी समन्वयात्मक ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सोमबार १९ बैशाख २०७९ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया