×

युक्रेनमा २० हजार रुसी सेना मारिएको अमेरिकी दाबी

images


काठमाडौं । अमेरिकाले युक्रेनी शहर बाख्मुटमा रुस र युक्रेनबीचको लडाइँमा २० हजार रुसी लडाकु मारिएको दाबी गरेको छ ।

ह्वाइट हाउसले एक विज्ञप्ती जारी गरी यी दुई राष्ट्रबीचको युद्धमा पछिल्लो पाँच महिनामा सो शहरमा मात्रै २० हजार रुसी लडाकु मारिएको र ८० हजार घाइते भएको जिकिर गरेको हो ।मारिने रुसी सेनामध्ये आधा जति निजी सैन्य समूह वाग्नरको तर्फबाट लडिरहेका भाडाका लडाकुहरु रहेको पनि अमेरिकी अनुमान छ ।

अमेरिकी तथ्यांक अनुसार गत डिसेम्बरको सुरूवातदेखी नै बाख्मुट शहरमा रुसी सेनाले ठुलो परिमाणमा नोक्सानी बेहोर्दै आएको छ । सो शहर कब्जामा लिई युक्रेनका डोनबासमा आक्रमण गर्ने रुसी योजना रहेको छ भने युक्रेनी सेनाले सो क्षेत्रमा रुसी सेनाको प्रतिकार गरिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाको यस दाबीप्रति रुसले कुनै प्रतिक्रिया दिएको छैन । एजेन्सी

मङ्गलबार १९ बैशाख २०८० ०९:३३ AM मा प्रकाशित

प्रतिक्रिया