१८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी, नकेपा एसका अध्यक्ष माधवकुमार नेपालले अबको राष्ट्रपतिले अहिलेसम्म प्राप्त उपलब्धिहरुलाई ध्यानमा राखेर विगतको गल्ति नदोहोराउने गरि आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ८ दलीय गठबन्धनमा आवद्ध दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले, अबको राष्ट्रपतिले राष्ट्रिय हितको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका हुन् ।
उनले भने ‘राष्ट्रिय हितको प्रवर्धन गर्ने कुरा, देश भक्तिको रक्षा गर्ने, राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने, केन्द्रमा राख्नु पर्यो, संविधानको रक्षा र सम्वर्धन गर्ने कुरालाई केन्द्रमा राख्ने, अहिले राष्ट्रको सामु धेरै चुनौतिहरु आएको छ त्यो सबैमा ध्यान जानु प¥र्यो र सबै राष्ट्रिय शक्तिहरुलाई आजसम्म प्राप्त भएका उपब्धिहरुलाई एकता बद्ध गरेर जानु पर्यो त्यो कुरा राख्दै शुभकामना दिन चाहान्छु ।’ उनले पौडेललाई शुभकामना दिदैँ सबै सांसदले भोट दिने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया