×

शेयर बजारमा ओरालो यात्रा कायमै

images

काठमाडौं । सेयरबजारमा साताको अन्तिम कारोबार दिन पनि गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक २६.४८ अंकले घटेको हो। नेप्से परिसूचक घटेर १९६९.०२ बिन्दुमा अडिएको छ । वुधबार २४.४४ अंकले घट्दै १९०० को लाइनमा झरेको नेप्से परिसूचक आज पनि घटेको हो ।

बिहीबार नेप्सेमा २८ हजार ५०० कारोबारमा ३६ लाख ५७ हजार १५४ कित्ता धितोपत्र कारोबार हुँदा १ अर्ब ३३ करोड ६३ लाखको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड १३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ३ लाख र एनआईशी एशिया बैंकको ४ करोड ३७ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ । कारोबार भएकामध्ये बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य ४.२९ प्रतिशतले वृद्धि हुँदा युनिक नेपाल लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशत र बोटलर्स नेपाल तराईको सेयरमूल्य ३.९१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ७ प्रतिशतले गिरावट हुँदा स्वाभीमान लघुवित्तको सेयरमूल्य ५.८० प्रतिशत र नाडेप लघुवित्तको सेयरमूल्य ५.७४ प्रतिशतले गिरावट भएको छ ।

बिहीबार १८ फागुन २०७९ ०५:३७ PM मा प्रकाशित

प्रतिक्रिया