×

शाहरुख सलमान भन्दा दीपिका लोकप्रिय

images

काठमाडौँ । इन्टरनेट मुभी डाटाबेस (आइएमडिबी) ले भारतीय सिनेमाको २५ वर्षको रिपोर्ट जारी गरेको छ । रिपोर्टले २००० देखि २०२५ सम्मका लोकप्रिय फिल्महरूको सूची प्रस्तुत गरेको छ ।

रिपोर्टले विगत एक दशकमा आइएमडिबीमा सबैभन्दा धेरै खोजिएका सेलिब्रेटीहरूको पनि सूची प्रस्तुत गरेको छ । दीपिका पादुकोणले लोकप्रियता र खोज परिणामहरूमा तीन खानहरूलाई उछिनेकी छिन् । यो शीर्ष दस सूचीमा तीन अभिनेत्रीहरू समावेश छन्, जसमा दीपिका शीर्ष स्थानमा छिन् । यो श्रेणी जनवरी २०१४ देखि अप्रिल २०२४ सम्मको आइएमबडिबीको साप्ताहिक श्रेणीमा आधारित छ।

शीर्ष दस सूचीमा दीपिका पादुकोण पहिलो स्थानमा छिन् । शाहरुख खान दोस्रो स्थानमा छन् । ऐश्वर्या राय बच्चन तेस्रो स्थानमा र आलिया भट्ट चौथो स्थानमा छन् । दिवंगत अभिनेता इरफान खान पाँचौं स्थानमा छन् भने आमिर खान छैटौं स्थानमा छन् ।

यसैबीच, दिवंगत अभिनेता सुशान्त सिंह राजपूत सातौं स्थानमा, सलमान खान आठौं स्थानमा र ऋतिक रोशन नवौं स्थानमा र अक्षय कुमार सूचीमा दशौं स्थानमा छन् ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, दीपिका पादुकोणले सूचीमा पहिलो स्थानमा रहेकोमा आफ्नो प्रतिक्रिया दिएकी छिन्। अभिनेत्रीले भनिन्- 'जब मैले मेरो यात्रा सुरु गरें, मलाई प्रायः भनिन्थ्यो कि एक महिलाले आफ्नो करियर कसरी अगाडि बढाउनुपर्छ वा सफल हुन उनीबाट के अपेक्षा गरिन्छ । यद्यपि, सुरुदेखि नै, म प्रश्न सोध्न, मानिसहरूलाई चुनौती दिन, अझ कठिन बाटो लिन कहिल्यै डराइन । मेरो परिवार, फ्यान र सहकर्मीहरूले ममा राखेको विश्वासले मलाई छनौट र निर्णय लिन सशक्त बनाएको छ। मलाई आशा छ कि यसले म पछि आउनेहरूका लागि सधैंको लागि बाटो परिवर्तन गर्नेछ ।'

रिपोर्ट अनुसार, २००० देखि २०२५ सम्मका लोकप्रिय चलचित्रहरूको सन्दर्भमा, हालै रिलिज भएको चलचित्र 'सैयारा' २०२५ मा पहिलो नम्बरमा छ । विक्की कौशलको 'छवा' दोस्रो नम्बरमा छ । 'महावतार नरसिंह' तेस्रो नम्बरमा, 'ड्र्यागन' चौथो नम्बरमा र 'कुली' पाँचौं नम्बरमा छ । यद्यपि, शाहरुख खानका सात चलचित्रहरू यस सूचीमा शीर्ष स्थानमा छन्, जुन विगत २५ वर्षमा संकलित गरिएको छ ।

बुधबार १५ असोज २०८२ ०१:२३ PM मा प्रकाशित

प्रतिक्रिया