×

कांग्रेस महामन्त्री शर्मा झापा १ बाट सर्वसम्मत सिफारिस

images

नेपाली कांग्रेस झापा क्षेत्र नं १ बाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

क्षेत्र नं १ मा शर्मालाई उम्मेद्वार बनाउनुपर्ने भन्दै जिल्ला पार्टी उपसभापति केशव पाण्डेले प्रस्ताव गर्नुभएको थियो । पाण्डेले गरेको प्रस्तावलाई क्षेत्रीय समितिले सर्वसम्मत पारित गरेको हो ।

क्षेत्र नं १ प्रदेशसभा क्षेत्र ‘क’ बाट प्रत्यक्षमा तारावीर कट्वाल, गोपाल तामाङ र बालजित राईलाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ भरत सुब्बा र खड्ग धिमाल, महिलातर्फ राधा कार्की र बीना तामाङलाई सिफारिस गरिएको छ ।

क्षेत्र नं १ प्रदेशसभा क्षेत्र ‘ख’ बाट प्रत्यक्षतर्फ लोकराज ढकाल, प्रेम सम्बाहाम्फे र देवेन्द्र गौतमलाई सिफारिस गरेको क्षेत्रीय समिति बैठकले समानुपातिकतर्फ चक्र शेर्मा र झुमा बानियाँलाई सिफारिस गरेको छ ।

बिहीबार १६ भदौ २०७९ ०८:५३ PM मा प्रकाशित

प्रतिक्रिया