×

आर्सनलमाथि लिभरपुल १-० ले विजयी

images

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनललाई पराजित गरेको छ । गएराती आफ्नै घरेलु मैदान एनफिल्डमा लिभरपुलले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा खेलको ८३औं मिनेटमा डोमिनिक शोबोस्लाईले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । डोमिनिक शोबोस्लाईले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै लिभरपुलका लागि निर्णायक गोल गरेका थिए ।

यो लिभरपुलको यस सिजनमा लगातार तेस्रो जित हो । यो जितपछि लिभरपुलको ३ खेलमा ९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै आर्सनलको भने ३ खेलमा ६ अंक रहेको छ ।

 

सोमबार १६ भदौ २०८२ ०९:३७ AM मा प्रकाशित

प्रतिक्रिया