×

रास्वपाले सरकारमा सहभागी हुने कि नहुनेसम्बन्धमा शुक्रबार निर्णय गर्ने

images


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा शुक्रबार मात्रै निर्णय गर्ने भएको छ ।
गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभाको उपचुनावपछि राजधानीमा सोमबार पहिलो पटक बसेको केन्द्रीय समितिको बैठकले उक्त समझदारी बनाएको बुझिएको छ ।

रास्वपाका केन्द्रीय सदस्यहरू नै आपसमा सरकारमा जाने कि नजाने भन्ने विषयमा मतैक्यता छैनन् । रास्वपा सूत्रका अनुसार केही सदस्यहरू जनताले रास्वपामाथि गरेको भरोसालाई पूर्ति गर्न सरकारमा गएर सेवा दिनुपर्ने मत राख्छन् भने केही सदस्यहरू रास्वपाले सरकारलाई दिएको समर्थनलाई वे–वास्ता गरी प्रचण्डले नीति नै फेरिसकेकाले सरकारमा सहभागी हुनु अहिले परिस्थितिमा उपयुक्त नहुने तर्क गर्छन् । त्यसमाथि त सोमबार प्रधानमन्त्री प्रचण्डले चितवनमा पत्रकारहरूसँग कुरा गदैृ रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिन नसकिने बताएपछि । रास्वपाका नेता झस्किएका छन् ।

सोमबार १८ बैशाख २०८० ०४:३७ PM मा प्रकाशित

प्रतिक्रिया