×

सुडानको बन्दरगाहहरुमा देश छोड्ने नागरिको लर्को

images


काठमाडौं । हिंसाग्रस्त अफ्रिकी मुलुक सुडानको बन्दरगाहहरुमा देश छोड्ने नागरिको लर्को लागेको छ ।

युद्ध बिरामकैबीच जारी संघर्षको मारमा पिल्सिएका नागरिकहरु पलायन हुने क्रम जारी रहंदा सेनाले हमला तीब्र पारेको हो । सुडानी सेनाले अर्धसैनिक बल ‘प्यापिड सपोर्ट फोर्सेस’ आर।एस।एफ।लाई हटाउन राजधानी खार्तुम लगायतका अन्य शहरहरुमा आक्रमण तीब्र पारेको हो ।

अमेरिका, बेलायत र संयुक्त राष्ट्रसंघको आग्रमा लागू गरिएको ७२ घण्टे युद्ध बिरामकाबीच दुई समूहबीच चर्केको द्धन्द्धले ति राष्ट्रहरु समेत चिन्तित बनेका छन् । दुई समूहबीचको युद्धमा हालसम्म ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ । सयौं नागरिकहरू घाइते भएका छन् ।

यता सुडानबाट पश्चिमा, अरब र एशियाली राष्ट्रहरुले आफ्नो देशका नागरिकहरुको उद्धार जारी नै राख्दा हजारौंको संख्यामा त्यहाँका नागरिकहरू भने देश छाड्ने क्रममा रहेका छन् । एजेन्सी

सोमबार १८ बैशाख २०८० ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया