दक्षिण पश्चिमी कोलोम्बियाको एउटा कारगारमा कैदीबन्दी बीचको दंगापछि आगलागी हुँदा ४९ जना कैदीबन्दीको मृत्यु भएको छ । सोही घटनामा ३० जना घाइते भएको कारागारका अधिकारीले बताएका हुन् ।
कोलोम्बियाको भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारागार निकायले कैदीहरूले नै आगजनी गरेको बताएको छ । त्यहाँ तैनाथ सुरक्षा गार्डले दंगामा हस्तक्षेप गर्न नसकून भनेर कैदीहरूले म्याट्रेस बालेको बताइएको छ ।
सरकारी अधिकारीले आगो नियन्त्रणमा लिइसकेको र घटनाको मौका छोपेर कोही पनि कैदीबन्दी भाग्न नसकेको दावी गरेका छन् । सो कारागारमा सामान्यतः १ सय ८० जना कैदी रहने गरेका थिए। गार्डहरूले कारगारमा जडित अग्निनियन्त्रण उपकरण प्रयोग गरेर केही कैदीको उद्धार गरेका थिए ।
प्रतिक्रिया