काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणासँगै घन्टी चुनाव चिन्ह प्रस्ताव गरेका रवि लामिछानेले उक्त चिन्ह नपाउने देखिएको छ। निर्वाचन आयोगले घन्टी चिह्न फ्रिज गरेको १ वर्ष समय नपुगेका कारण लामिछानेले उक्त चुनाव चिह्न नपाउने भएका हुन्।
यसअघि २०७३ मंसिर ३० गते दर्ता भएको राष्ट्रवादी पार्टीले घन्टी चिन्ह पाएको थियो। उक्त दलका संयोजक सहजाद मियाँ मिकरानी थिए। सो पार्टी २०७८ मंसिर ३० गते नेपाल सद्भावना पार्टीमा गाभिएको छ।
गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ ।
उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ । निर्वाचन आयोगकाअनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन ।
राष्ट्रवादी दल अन्य कुनै दलमा मर्ज भएर १ वर्ष बितेको र अर्कै चुनाव चिन्ह लिएको अवस्थामा मात्र सो चिन्ह पाउन सक्ने आयोगको भनाई छ । आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले यसबारेमा आयोगमा छलफल तथा छानबिनपछि आवश्यक निर्णय हुने जानकारी दिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको नामको विरोधमा परेको २ उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ ।
प्रतिक्रिया