काठमाडौं । जाडोमा हाडजोर्नीको समस्याले धेरैलाई सताउने गर्छ । हाडजोर्नी समस्याले खासगरी वृद्धवृद्धा, गर्भवती, रोगीलाई बढी सताउँछ । यो मौसममा बाथका रोगीलाई बढी समस्या देखापर्ने हाडजोर्नी विशेषज्ञहरू बताउँछन् ।
चिसो बढ्दै जादा जोर्नीहरूको दुखाइ बढ्न थाल्छ । जोर्नी दुखाइ सामान्य र गम्भीर गरी दुवै खालका हुन्छन् । यो समस्या वृद्धवृद्धा तथा दीर्घरोगीलाई मात्रै नभएर आजकल युवाहरू समेत हार्डजार्नीको समस्याबाट पीडित भएको पाइन्छ । बाथ भनेको जोर्नीहरूको झिल्लीमा आउने समस्या हो । चिकित्सकीय भाषामा यसलाई ‘आर्थराइटिस’ पनि भनिन्छ ।
उमेर बढ्दै जाँदा हाडजोर्नी तथा बाथ रोग देखिने गर्छ । बाथको समस्या एकैपटक देखिँदैन । बाल्यकालदेखि नै बाथ हुनसक्छ । उमेर बढेसँगै र चिसो मौसममा जोर्नीमा बढी समस्या देखापर्छ । तातो तथा गर्मी मौसममा जोर्नीका झिल्लीहरू कम मात्रामा सुनिन्छ । त्यसैले कम दुखाइ हुने गर्छ । हाडजोर्नी समस्यामा सुरुवाती अवस्थामा जोर्नीको दुखाइ र सुनिने नै हो ।
जोर्नीले कसरी काम गर्छ ?
कुनैपनि जोर्नी खासमा शरीरलाई चलायमान राख्नका लागि जरुरी हुन्छ । यो छुटै अंग नभएर कुरकुरे हड्डी (कार्टिलेज), साइनोभियल फ्लुईड, मांसपेशी र टेन्डन (मांसपेशी र हड्डी जोड्ने) जस्ता तन्तुुहरुको समूह हो ।
हरेक जोर्नीलाई कुरकुरे हड्डीले ढाकेको हुन्छ । जोर्नीले हड्डी सर्न, एक आपसमा घर्षण हुन र आपसमा ठोक्किन दिदैंन । जोर्नीको ठिक बाहिरपट्टिमा कडा खालको लिगामेन्ट हुन्छ, जसको काम जोर्नीलाई बाँधेर राख्नु हो ।
त्यस्तै, जोर्नीभित्र निश्चित मात्रामा एक प्रकारको तरल पदार्थ पनि हुन्छ, जसलाई ‘साइनोभियल फ्लुईड’ भनिन्छ । स्वतन्त्र रूपमा चल्ने जोर्नीहरुलाई जाम हुन रोक्न जोर्नीको समुह कुरकुरे हड्डी, मांसपेसी, ‘कार्टिलेज’, ‘साइनोभियल फ्लुईड’ र टेन्डनले संयुक्तरुपमा मद्दत गर्छ ।
‘साइनोभियल फ्लुईड’सँगै ‘कार्टिलेज’को मद्दतले हिँडडुल गर्ने र हलचल गर्ने क्रममा घर्षण हुनबाट जोर्नीलाई बचाउनुका साथै राम्रोसँग चलाउन मद्दत गर्छ ।
मांसपेशीहरु हड्डीसँग जोडिएका बाक्लो र कडा खालको तन्तुलाई टेन्डन भनिन्छ । जोर्नी शरीरको सबै भागमा हुन्छन् । र, सबैतिर थरीथरीका जोर्नी बसेको हुन्छ ।
कुनै जोर्नी चल्ने खालका र कुनै नचल्ने खालको हुन्छन् । जस्तैः हातखुटट, कम्मर र गर्दनको जोर्नी चल्ने खालका हुन्छन् । त्यसबाहेक अधिकांश जोर्नी नचल्ने र हल्का चल्ने खालका हुन्छन् ।
जोर्नी किन जरुरी हुन्छ ?
हड्डीलाइ चलायमान राख्न जोर्नीले सहयोग गर्छ । त्यही कारण हामी निहुरिन, खुम्चन, उफ्रिन, हिँड्न, हातखुट्टा चलाउन, शरीरलाई मोड्न सक्छौं ।
शरीरको भागअनुसारको यसले काम गर्छ । जस्तै, हातखुट्टा चलाउने, हातले सामान समात्न, हिँडडुल गर्न, मेरुदण्डको जोर्नीले उठबस गर्न, निहुरिन, टाँउकोमा गर्दनमा रहेको र टाँउको तलमाथि गहेर्न र दायाबायाँ गर्न मद्दत गर्छ । जोर्नीमा थोरै समस्या मात्र आयो भने दुखाइ हुनुका साथै हातखुट्टा चलाउनपनि कठिन हुँदै जान्छ ।
जोर्नीलाई के कुराले असर गर्छ ?
जोर्नी बलियो र स्वस्थ बनाउन खानपिनको महत्व हुन्छ । जोर्नीमा रहेको तन्तु र यसका वरिपरि रहेको मांसपेशीको विकास र बनावटलाई सन्तुलनमा राख्न क्यालसियम, भिटामिन बी १२, म्यागनेसिम जस्ता पोषकतत्व जरुरी हुन्छ । यी पोषकतत्वको अभाव भएमा जोर्नी कमजोर हुन्छ ।
त्यस्तै, प्रोटिनयुक्त खानेकुरा शरीरमा आवश्यकभन्दा बढी भएमा युरिक एसिड एवं बाथ जस्ता समस्या बढ्ने जोर्नीमा गाँठो बन्न सक्छ ।रक्सी र चुरोटमा हानिकारक निकोटिन हुन्छ । यो रसायनले जोर्नीलाई कमजोर बनाइदिन्छ ।
शारीरिक गतिविधि कम वा बढी हुनु
हड्डी र मांशपेसीलाई जति गतिशिल बनाउन सकिन्छ, त्यति नै बलियो हुन्छ । तर, शारीरिक गतिविधि कम भएमा रक्तसंचार राम्ररी हुँदैन । यसको सोझो प्रभाव जोर्नीमा पर्छ । रक्तसंचारमा बाधा उत्पन्न भयो भने गरी जोर्नी जाम हुने र कमजोर हुने जस्ता समस्या बढ्छ ।
अर्को भनेको चाहिने भन्दा बढी भार उठाइ जोर्नीले थेग्न नसक्दा चाप बढदै जोर्नीमा समस्या हुन्छ ।
जोर्नीलाई कमजोर बनाउने अर्को समस्या हो, मोटोपना । मोटोपनाको कारण शरीरको भार बढ्छ र त्यसलथाई थेग्नुपर्ने अवस्थामा जोर्नी खिइन सक्छ ।
जोर्नीमा के कस्ता समस्या हुन्छ ?
जोर्नी कमजोर भएमा उक्त भागमा दुख्न थाल्छ । पलेँटी कसेर बस्दा, हिँडडुल गर्दा, भ¥याङ चढ्दा वा ओर्लदा असहज हुन्छ । जोर्नी दुख्ने क्रम यथावत रहेमा त्यो दुखाई बढ्दै जान्छ र सहनै नसक्ने अवस्था हुन्छ ।
जोर्नीको समस्या आउनुमा जीवनशैली, खानपानसँगै उमेर पनि एउटा कारण हो । उमेर बढ्दै जाँदा पनि जोर्नी कमजोर हुँदै जान्छ । यसरी बुढ्यौलीसँगैमा हुने जोर्नीको समस्यालाई ‘ओस्टिओ आथ्र्राइटिस’ भनिन्छ ।
महिलामा यो समस्या प्रायः रजनोवृत्ति (महिनावारी सुकेपछि) बन्द भएपछि हुनसक्छ । पुरुषमा ५० वा ६० बर्षको उमेरपछि जोर्नी कमजोर हुनथाल्छ ।
के छ त उपचार ?
जोर्नी खिइने समस्या अहिले धेरैमा देखिएको छ । यसको उपचार जोर्नीको स्थिती वा जोर्नी कति खिइएको छ भन्ने टुंगो गरेर सोही अनुसार गरिन्छ । जोर्नी खिइन सुरु मात्र गरेको छ भने फिजियोथेरापी गर्ने, भिटामिनयुक्त खानेकुरा खाने । यति गरेर निको हुनसक्छ ।
मध्यम अवस्थाको समस्या भए व्यायाम, फिजियोथेरापीसँगै खिइएको जोर्नीमा स्टेरोइड खोप दिइन्छ । यसले सुन्निएको र खिइएको जोर्नी कम गर्न मद्धत गर्छ ।
यदि यी दुबै उपचारले नहुने हो भने जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ । जोर्नी प्रत्यारोपण जोर्नी खिइएको समस्याको अन्तिम विकल्प हो । प्रत्यारोपण भनेको खिइएको जोर्नी निकालेर त्यसको ठाउँमा धातुको (कृत्तिम) जोर्नी प्रतिस्थापन गर्नु राख्नु हो ।
चोटपटको कारण जोर्नीको समस्या भएमा के गर्ने ?
सडक दुर्घटना, लडेर, झै–झगडा भएर पनि जोर्नीमा चोट लाग्न सक्छ । यस्तो अवस्थामा चोटको अवस्था हेरेर उपचार गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा भाँचिएको हड्डीमा पाता राख्ने, किला राख्ने, जोर्नी नै प्रत्यारोपण नै गर्नुपर्ने नै कुनै उपचार यसका साथै सबैजसोमा फिजियोथेरापीको जरुरत पर्दछ बाट मात्र हुन्छ भने कुनै पनि हुनसक्छ ।
जोर्नीको संक्रमण भएमा के गर्ने ?
क्षयरोग, ब्याक्टेरिया, भाइरस वा फंगसजन्य संक्रमण रगतको माध्यमबाट जोर्नीमा फैलिन सक्छ । बढीजसो बालबालिका वा रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरुमा यो समस्या हुनसक्छ ।
जोर्नीको संक्रमण भएमा संक्रमणको कारण पत्ता लगाएर सो बिरुद्धको औषधि दिइन्छ । दीर्घकालिन र जटिल संक्रमण भएमा शल्यक्रिया गरी संक्रमण भएको भागको हड्डी निकाल्नु पर्ने पनि हुनसक्छ लिन्छ ।
जोर्नीमा बाथरोग भएमा के गर्ने ?
लगातार हातखुट्टाका स–साना जोर्नी सुन्निने र दुख्ने समस्या बाथरोग हो । बाथ रोग भएमा शरीररले जोर्नी बिरुद्धको हानिकारक एन्टिबडी (रोग वा समस्या विरुद्धको प्रतिरोधात्मक क्षमता) बनाउँछ । सो एन्टिबडढीले शरीरका विभिन्न भागको जोर्नी र कार्टिलेजहरु नष्ट गर्छ ।
यस्तो अवस्थामा प्रतिरोधी क्षमताले विस्तारै जोर्नीलाई नै नष्ट गर्ने खाने काम गर्छ । बाथरोगमध्ये सबैभन्दा घातक रोग बाथ गठिष (शिवजी, यो कतिपनि बुझिएन मेसेन्जरमा ईंग्लिशमा पठाउनु होला) हो । यसले छोटो समयमा नै जोर्नीहरुमा असर गर्छ । बाथ रोगले जोर्नी, तन्तुलाई मात्र होइन, दीर्घकालमा मुटु, फोक्सो र मिर्गौलालाई समेत असर गर्छ ।
बाथरोगका कारण को उपचार भनेको जोर्नी सुन्निएको भएमा केही औषधिले नियन्त्रण गर्न सकिन्छ र सुन्निएको कम गराउँछ । बाथरोग भएकाले दीर्घकालिन रुपमै औषधि खानुपर्ने हुन्छ । केही समय औषधि खाएसँगै जीवनशैलीमा पनि ध्यान दिनुपर्छ । मोटोपन नियन्त्रण गर्नुपर्ने हुन्छ । साथै फिजियोथेरापीको पनि जरुरत हुन्छ ।
युरिक एसिड भएमा के गर्ने ?
शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर उत्पादन हुने एक प्रकारको रसायन युरिक एसिड हो । युरिक एसिड सामान्यतः रगतमा घुलेर रहेको हुन्छ, जुन कलेजोले उत्पादन गरेर मिर्गौलाको माध्यमबाट बाहिर जान्छ । कतिपय अवस्थामा युरिक एसिड बढी उत्पादन हुन्छ, जुन जोर्नीमा गएर जम्मा हुन्छ । यही कारण जोर्नी दुख्ने, सुन्निने हुन्छ ।
युरिक एसिडलाई सन्तुलन राख्ने औषधि र खानपान (कम प्रोटिन र अमिलोयुक्त खाना) मा ध्यान दिनुपर्छ ।
जोर्नीलाई कसरी स्वस्थ, बलियो राख्ने ?
जोर्नीलाई हानि गर्ने र जोखिम पु¥याउने कारक तत्वबाट टाढा रहनु नै जोर्नीलाई बलियो बनाउने सर्वोत्तम उपाय हो । यसका लागि शारीरिक रुपमा सक्रिया हुने, व्यायाम गर्ने, भिटामिन डि, फस्फोरस तथा म्याग्नेसियमयुक्त खानपान गर्ने ।
एकै ठाउँमा लामो समयसम्म बस्ने (पलेँटी कसेर) वा एकदमै कडा शारीरिक श्रम गर्ने बानीले पनि जोर्नीलाई हानी गर्छ । यसलाई सुधार गर्ने । सारमा भन्नुपर्दा शरीरलाई समुचित ढंगले चलायमान राख्ने, चुरोट-रक्सी नखाने, नियमित व्यायाम गर्ने, धेरै गाह्रो काम नगर्ने, निकै गह्रुँगो भारी नबोक्ने, मोटोपना नियन्त्रण गर्ने, दिनमा केही समयमा घामको न्यानोमा बस्ने गर्नुपर्छ ।
प्रतिक्रिया